विराटनगर,१ चैत।प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले आज एक सन्देश जारी गर्दै शेर्पा समुदायको महान चाड‘ग्याल्बो ल्होछार’को पुनित अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख,शान्ति,समृद्धि,सुस्वास्थ्य,दीर्घायू एवं उत्तरोत्तर प्रगति, उन्नतिका लागि हार्दिक शुभकामना व्यक्त्त गर्नुभएको छ।
आफन्त भेटघाट,सांस्कृतिक मनोरञ्जन तथा धार्मिक आस्था प्रवद्र्धन र सामुहिक हर्षबढाइँका साथ शुभकामना आदान प्रदान गर्ने परम्पराले आपसी सद्भाव र सामाजिक सहिष्णुता बढाउने भएकाले शेर्पा समुदायले मनाउने यस पर्वलाई महत्वका साथ हेरिने गरिन्छ।अझै पनि विश्व नोवल कोरोना भाइरस (कोभिड – १९) को महामारीबाट मुक्त्त भैइसकेको अवस्था छैन।यस परिप्रेक्ष्यमा भौतिक तथा सामाजिक दूरी कायम गरी यस पर्वलाई मनाउनु सबै शेर्पा समुदायको अनिवार्य कर्तब्य बनेको कुरालाई प्रदेश प्रमुख ‘प्यासी’ले स्मरण गराउनुभएको छ।
बहुलजाति,बहुलभाषा,बहुसंस्कृति,बहुधार्मिक विशेषतायुक्त्त सुन्दर देश नेपालका राष्ट्रप्रेमी शेर्पा समुदाय एकता र राष्ट्रिय स्वाभिमानका प्रतीक हुन्।‘ग्याल्बो ल्होछार’ले नेपाली समुदायमा धार्मिक,सांस्कृतिक सद्भाव कायम राख्दै भातृत्व एवं आपसी सहिष्णुतालाई थप प्रगाढ तुल्याइ मौलिक संस्कृति र परम्पराको संरक्षण,सम्वद्र्धन तथा विकास गर्ने कुरामा मैले विश्वास लिएको छु।
अन्त्यमा,‘ग्याल्बो ल्होछार’पर्व भव्य र सभ्य रुपमा सफल होस् भन्ने अपेक्षासहित मुलुकको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय एकताका निमित्त यसपर्वबाट सबैमा प्रेरणा मिलोस् भन्दै पुनः सबैमा प्रदेश प्रमुख ‘प्यासी’ले हार्दिक शुभकामना व्यक्त्त गर्नुभएको छ।
प्रतिक्रिया