यस्तो छ नयाँ वर्ष २०७८ सालको वार्षिक राशिफल

इनेप्लिज २०७७ फागुन २७ गते १०:०१ मा प्रकाशित

केही राशिलाई भाग्योदय त केही राशिले संयम अप्नाउन पर्ने नयाँ वर्ष वि.सं. २०७८ आउन अझै एक महिना बाँकी छ।सामाजिक सञ्जालहरूमा नयाँ वर्ष विं.सं. २०७८ सालको वार्षिक राशिफल आउन थालिसकेका छन्।२०७७ साल अधिकांशको लागि अभिशाप व्यहोर्न परेको हुनाले आउने नयाँ वर्ष २०७८ ले सुख शान्ति देला कि भनेर आम सर्वसाधारण आशावादी रहेको अवस्था छ।यसै सन्दर्भमा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमै सिद्ध भविष्यवाणी गरी ज्योतिषीय फलादेशको फाँटमा राम्रो दख्खल राख्नसफल भएका ज्यो.दीपक सुवेदीले फोरकास्ट टेलिभिजन युट्युब च्यानलमा अभिव्यक्त वार्षिक राशिफल यहाँको लागि प्रस्तुत गरिएको छ।

आशा छ राशिफल हेरेर आवश्यक जानकारी लिएर लाभ उठाउन सक्नु हुनेछ।ज्यो.सुवेदीले सो फोरकास्ट टेलिभिजन युट्युब च्यानलमा राशिफलको साथमा ज्योतिष विज्ञान,आयुर्वेद अथवा आरोग्य विज्ञान, धर्म अध्यात्म एवं योगदर्शनसँग सम्बन्धित विभिन्न खालका जनहितकारी सामाग्रीहरु राख्ने गरेको पाइन्छ।उहाँले गतसाल वार्षिक भविष्यफल बताउँदै २०७७ मा राजनीतिक उथलपुथल हुने र देशमा संवैधानिक संकट आउने बताउनु भएको थियो।नभन्दै देशले उहाँले भनेजस्तै झमेला तथा समस्या व्यहोर्न परिरहेको छ।

राजा विरेन्द्रको मृत्युदेखि लिएर पछिल्लो समयसम्ममा विभिन्न खालका राजनीतिक भविष्यवाणी गर्दै आउनु भएका ज्यो. सुवेदीले गरेका भविष्यवाणीहरु प्राय सबै मिल्ने गरेको सञ्चारक्षेत्रलाई जानकारी रहेको छ।ज्योतिषीय विषयमा एवं भविष्यवाणी लगायत संबन्धित पक्षमा रूचि राख्ने व्यक्तिले सुवेदीको ज्योतिषीय अभिव्यक्तिलाई पछ्याउनु उपयुक्त हुने देखिन्छ।

सुवेदीका फलादेश सुन्दा झ्याप्पै पत्याउन कठिन हुने जस्तो लागे पनि परिणाम उहाँको विश्लेषण मुताबिक नै आउने गरेको पाइएको छ । उदाहरणको रूपमा उहाँले नेपालको राजनीतिको बारेमा भन्ने गरेका भविष्यवाणीलाई लिन सकिन्छ।यस्तै कारणले गर्दा नयाँ वर्ष २०७८ को सन्दर्भको वार्षिक राशिफल लिने क्रममा पनि हामीले ज्यो. दीपक सुवेदीको राशिफललाई लिएका छौं।पाठक एवं दर्शक र श्रोता वृन्दले हेरेर बाँकी मुल्याङ्कन गर्नुहोला।

। धन्यवाद ।

प्रतिक्रिया