सरोज बस्नेत,
उर्लाबारी।मोरङको पूर्वोत्तर विकट पहाडी गाउँ मिक्लाजुङ गाउँपालिका १ स्थित बर्खेमा स्थानीय वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको मंसिर २३ गते विभत्स तरिकाले हत्या गरियो।नेत्रबिक्रम चन्द विप्लब नेतृत्वको नेकपाका कार्यकर्ताले सुराकीको अभियोगमा ५३ बर्षीय श्रेष्ठको घरदेखि करिब १ किलोमिटर पश्चिम जंगलमा घाँटी रेटी विभत्स हत्या गरेका थिए।
प्रधानाध्यापक श्रेष्ठको हत्या गर्ने विप्लब नेतृत्व नेकपा शान्ति प्रक्रियामा आएको छ।सरकार र विप्लब नेतृत्व नेकपाबीच ३ बुँद्धे सहमति भएको हो।दुबै पक्ष देशका राजनीतिक समस्या वार्ता र संवादबाट समाधान गर्ने, विप्लव नेतृत्वको नेकपा आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा गर्ने र नेपाल सरकार विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध हटाउन र कार्यकर्तामा रिहाइ तथा सबै मुद्दा खारेज गर्न सहमत बनेको छ।उक्त सहमतिसँगै थुनामा रहेका नेकपाका नेता तथा कार्यकर्ता छुट्न थालेपछि प्रधानाध्यापक श्रेष्ठको हत्यामा संलग्नले पनि उन्मुक्ति पाउने हो की भन्ने चिन्ता श्रेष्ठ परिवारमा परेको छ।
विना कारण विभत्स तरिकाले हत्या गर्नेलाई कुनै पनि हालतमा उन्मुक्ति नदिन प्रधानाध्यापक श्रेष्ठकी श्रीमति धनकुमारी श्रेष्ठले माग गर्नुभएको छ।उहाँले सरकारले परिवारलाई क्षतिपूर्ति,दोषीलाई कडाभन्दा कडा कार्वाही तथा सहिद घोषणा गर्नु पर्ने उहाँको भनाई छ।श्रीमानको हत्या भएको तीन महिना हुँदा सम्म आफुले न्याय नपाएको उहाँले गुनासो गर्नुभयो।श्रीमानको हत्यापछि धनकुमारी मिक्लाजुङ–१ गाउँबाट विस्थापित भएर मिक्लाजुङ–२ मा बसाई सर्नुभएको छ। ‘श्रीमानको हत्यापछि गाउँमा बस्ने वातावरण भएन’ उहाँले भन्नुभयो–‘बाख्रा नदिएको निँहुमा हत्या गर्नेलाई कुनै हालतमा उन्मुक्ति दिनु हुन्न।’ सरकारले अहिलेसम्म कुनै सहयोग नगरेको पीडित परिवारले बताएको छ।छोरा छत्रले पनि बुवाको हत्यारालाई छोड्न नहुने तर्क राख्नुहुन्छ।उहाँले दोषीलाई हदैसम्मको कार्वाही गर्नु पर्ने माग गर्नुभयो।उहाँले दोषीलाई छोडिए,त्यो सह्य नहुने बताउनुभयो।श्रीमान गुमाएपछि छोरा छत्रबहादुर,बुहारी अनुसँग बस्दै आउनु भएको छ।सरकारले कुनै बहानामा हत्यामा संलग्नलाई उन्मुक्ति दिए कडा आन्दोलनमा उत्रने परिवारले चेतावनी दिएको छ।प्रधानाध्यापक श्रेष्ठको हत्याको अभियोगमा धनबहादुर विक पुर्पक्ष थुनामा छन् भने अरु पक्राउ परेका छैनन्।
https://www.youtube.com/watch?v=pjXkImhjQsw
प्रतिक्रिया