गोंगबुमा कृष्णबहादुर बोहराको ज्यान लि एर सुटकेशमा राखेर फ्याँ’क्ने कल्पना मुडभरीलाई आजीवन कारावासको सजाय सुनाइएको छ।कल्पनाले रोल्पा रून्टीगढी गाउँपालिका-७ घर भई गोंगबुस्थित एक होटलमा बस्दै गरेका ४५ वर्षीय बोहोराको निकै दर्दनाक तरिकाले ज्या न लिएकी थिइन्।उनको जिँउ सुटकेसमा राखेर नवज्योतिमार्गमा फ्याँक्न लगेकी थिइन्।टाउको र खुट्टा भने केही पर भेटिएको थियो।काठमाडौँ जिल्ला अदालतले ३७ वर्षीया कल्पना मुडभरीलाई आजीवन काराबासको सजाय सुनाएपाची अब उनी जीवनभर जेलमै बस्नुपर्ने छ।तर जिल्ला अदालतले गरेको फैसलाविरुद्ध उनले पुनरावेदन गर्न सक्छिन्।
अत्यन्त क्रुर वा निर्ममतापूर्वक ज्यानमा रेको भन्दै कल्पनालाई जन्मकैदको सट्टामा आजीवन काराबास गर्नुपर्ने न्यायाधिश राजेन्द्र अधिकारीको फैसलामा उल्लेख छ।उनलाई जन्मकैद मात्र भएको भए २५ वर्ष जेलमा बस्नुपर्ने थियो।त्यस्तै कल्पनाकी छोरीले भने सफाइ पाएकी छन्।नाबालकसमेत रहेकी उनलाई अदालतले सफाइ दिएको हो।‘सुटकेस बोकाउन सहयोग गरेको भनिएकी छोरीलाई अदालतले सफाइ दिएको छ।उनले मृतक रहेको सुटकेस फोहोर भएको भन्ठानेर फोहोर फाल्न लगेको भन्ने बयान दिएकी थिइन्।त्यहीँ आधारमा उनले सफाइ पाएकी हुन्।
श्रीमानसँग अलग भएर छोरीसँग बस्दै आएकी कल्पनाले लकडाउनका समयमा रोल्पाको रून्टीगढी गाउँपालिका-७ घर भएका कृष्णबहादुर बोहराको ज्यान लिएकी थिइन्।गोंगबुस्थित एक होटलमा बस्दै आएका ४५ वर्षीय बोहोरा कल्पनाको कोठामा नियमित आउने जाने गरेको प्रहरीको दाबी थियो।घटनापछि डेराबाट छोरीसहित भागेकी कल्पनालाई प्रहरीले चितवनबाट ल्याएको थियो।
भिडियो हेर्नुहोस
प्रतिक्रिया