सरकार र नेकपा बिप्लबबीच तीन बुदे सहमतिपछि नेपाल पुर्ण रुपमा शान्तिपुर्ण बाटोमा,जेलका नेता पनि रिहा भए

टंक पन्त २०७७ फागुन २१ गते १०:५४ मा प्रकाशित

काठमाडौँ । नेपाल सरकार र तीन बर्ष देखि भुमिगत रुपमा आन्दोलनमा रहेको नेकपा बिप्लब बीच तीन बुदे सहमतिमा हस्ताक्षर भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिब नेत्रबिक्रम चन्द बिप्लबको उपस्थितिमा राष्ट्रियसभा गृहमा आयोजित बिशेष समारोहमा सरकारी बार्ता टोलीका संयोजक रामबहादुर थापा बादल र नेकपाका प्रबक्ता एवं नेकपाका तर्फबाट बार्ता टोली संयोजक खडगबहादुर बिश्वकर्मा प्रकाण्डले तीन बुदे सहमतिमा हस्ताक्षर गर्नु भएको छ।
तीन बुदे सहमतिमा हस्ताक्षर भएपछि नेपालमा हिसात्मक आन्दोलनमा कोही पनि रहेको छैन।प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपाल पुर्ण रुपमा शान्तिपुर्ण बाटोमा फर्किएको बताउनुभएको छ । यो साहसीपुर्ण कदमका लागि नेकपाका महासचिब बिप्लबलाई धन्यबाद दिनुभएको छ।उहाले बार्ताका लागि तयारी लामो समय देखि भएको भन्दै तीन दिन यता बार्ता सार्थक भएको बताउनुभएको छ।

तीन बुदामा धेरै कुरा समेटिएको र बार्ताका लागि धेरै हल्ला नगरिएको तर तयारी लामो समय देखि नै भएको भन्दै प्रधानमन्त्री ओलीले दुबै पक्षबीच भएको सहमतिले नेपाललाई नर्या युगमा प्रबेश गराएको बताउनुभएको छ।

सरकार र नेकपा बीच भएको तीन बुदे सहमति पछि बिप्लब नेकपा शान्तिपुर्ण राजनीतिमा आएको छ।अब देखि जुनसुकै राजनीतिक समस्या बार्ता र सबादद्धारा हल गरिने भएको छ । नेकपाले शान्तिपुर्ण राजनीति गर्ने र सरकारले तीन बर्ष देखि जेलमा रहेका नेकपाका नेता कार्यकर्तालाई रिहाई गर्ने भएको छ । सो सहमतिपछि बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले जेलमा रहेका सबैलाई रिहा गर्ने निर्णय गरिसकेको छ।

सोही निर्णय अनुसार शुक्रबार बिहान रिहा भएका नेकपाका नेता धर्मेन्द्र्र बास्तोला शुक्रबार भएको बिशेष समारोहमा मंचमै सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा नेकपाका महसाबिच नेत्रत्रिक्रम चन्द बिप्लबले आफुहरुले सहमतिलाई इमान्दारिपुर्बक कार्यान्वयन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ।उहाले हातेमालो र सहकार्य गर्न आफनो पार्टी तयार रहेको पनि स्पष्ट पार्नुभएको छ।हिसाको राजनीतिमा रहेको सिके राउतसंग यहि सरकारले बार्ता गरी शान्तिपुर्ण राजनीतिमा ल्याएको थियो ।

प्रतिक्रिया