पशुपती नाथलाई सुनको जलहरी विवाद किन ? राजाले चादिको जलहरी प्रधानमन्त्रीले सुनकै किन ?

इनेप्लिज २०७७ फागुन २० गते २२:४२ मा प्रकाशित

जलहरी भनेको शिवलिङ्ग अडिने आधार हो जसबाट दूध,मह तथा पानी लगायतका चढाइएका वस्तुहरू बगेर जान्छन्।सोही तरल वस्तु जलहरी हुँदै वाग्मती किनारको ब्रह्मनालसम्म पुग्छ र भक्तालुहरूलाई अभिषेक गरिने जल पनि सोही जलहरीमा सञ्चित हुने बताइएको छ।चाँदीबाट बनेको उक्त जलहरी जीर्ण बन्दै गएकोले झन्डै दुई वर्षको गृहकार्यपश्चात् सुनको जलहरी निर्माण गर्ने निर्णयमा कोष पुगेको थियो।सदस्यसचिव ढकालका अनुसार सुन पवित्र तथा सर्वोत्कृष्ट धातु मानिने भएकोले सुनकै जलहरी बनाउने निर्णय भएको हो।

पशुपतिनाथमा अहिले,सुनको जलहरी रख्नु अघी चाँदीको जलहरी राजा महेन्द्रले २०२५ सालमा राखेका हुन्।त्यस अघि राजा गीर्वाणयुद्धको पालामा तामाको जलहरी प्रतिस्थापित गरिएको अभिलेख रहेको छ।मुख्य शिवलिङ्गको जलहरीलाई चार पटकसम्म तामाको पाताले मोडिसकेको पाइएकोले अहिले जलहरीलाई जिर्णोद्धार गर्दा प्राचीन स्मारकलाई कुनै असर पर्ने देखिँदैन।

भिडियो हेरौ

प्रतिक्रिया