विदेशीको शव फेला

इनेप्लिज २०७२ असार १९ गते ९:४८ मा प्रकाशित

धुन्चे(रसुवा), १९ असार । भूकम्पपछि हराइरहेकामध्ये एक विदेशीको शव शुक्रबार लाङटाङ हिमपहिरो क्षेत्रमा फेला परेको छ ।

सो शव फ्रान्सेलीको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार सो शव नजिकै १४ डिआई १७७४१ नंको राहदानी फेला परेको र सो राहदानीमा रेनेलुइ ड्युट्रेभ नाम लेखिएकाले सो शव उनैको हुन सक्ने जनाइएको छ ।

शव परीक्षणका लागि माउन्टेन एयरको हेलिकप्टरद्वारा त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको थाहा भएको छ ।

प्रतिक्रिया