प्रधानमन्त्री केपी शर्मा ओली निकट राष्ट्रिय सभाकी सांसद कोमल वली नेकपा नेता रघुजी पन्त विरुद्ध अदालत जाने भएकी छन्।प्रचण्ड–माधव पक्षका नेता पन्तले उनी लक्षित दिएको अभिव्यक्तिले चरित्र हत्या भएको जनाउँदै वली न्यायका लागि अदालत जाने भएकी हुन्।वलीले अदालतमा मुद्दा दायर गर्ने बताएकी छन्। जिल्लाले सिफारिस गरेर राष्ट्रिय सभा सदस्य बनेको उनले दाबी गरिन्।प्रदेश कमिटीले गरेको नाम सिफारिसलाई स्थायी कमिटीले अनुमोदन गरेपछि सांसद बनेको उनले सुनाइन्।
उनले भन्निन्,‘केपी ओलीले टपक्क टिपेर मलाई सांसद बनाउनुभएको होइन।अर्को कुरा केपी ओलीले सबै कार्यकर्तालाई माया नै गर्नुहुन्छ।त्यसमध्येको म पनि एउटा पर्छु।’कोमल ओलीले ट्वीटरमार्फत पन्त निच भएको आरोप लगाएकी छन्।एक कार्यक्रममा नेता पन्तले पोइला जान पाम भन्दै पिडुला देखाएको भरमा सांसद भएको अभिव्यक्ती दिएका थिए।
भिडियो सहित
प्रतिक्रिया