अहिलेकी चर्चित अनि सुन्दरी गायिका मेलिना राईको आवाजमा रहेको ‘कसम तिमी बाहेक’ बोलको गीत सार्वजनिक भएको छ।आज (शनिबार) सार्वजनिक गीतमा मेलिनालाई बिनोद तामाङले गायनमा साथ दिएका छन्।गीतमा गायक तामाङकै शब्द संगीत छ।गीतमा संगीत संयोजन भने तेजेन्द्र गुरुङको छ। रोमान्टिक जनराको गीतमा माया प्रेमका कुरा गरिएको छ । गीत निकैनै सुमधुर बनेको छ।
गीतको भिडियोमा देव आर एन र जुना सुन्दासले अभिनय गरेका छन।देव र जुनाबीचको प्रेम सम्बन्ध र एक अर्काप्रतिको चाहलाई कथामा प्रस्तुत गरिएको छ। भिडियो सफा सुन्दर अनि आखालाई सित्तल दिने बनेको छ।देव आरएन र जुना सुन्दासको जोडी सबैले मन पराउने खालको छ । दुबै जनाको अभिनयले सुनमा सुगन्ध बनाएको छ भिडियोलाई।राजेशराज गिरी निर्देशित भिडियोमा बुद्ध थापाको छाँयाकन छ । गीतको भिडियोलाई विवेक सुनारले सम्पादन गरेका हुन्।
गीत निर्माणमा सारीन पोख्रेलले बिषेश सहयोग गरेका छन भिडियो हेरौ
प्रतिक्रिया