काठमाण्डौँ।सञ्चारकर्मी बिष्णु ठकुरी र कलाकार अनुमती नेपालीको अभिनयमा म्युजिकल स्टोरी नाम दिईएको म्युजिक भिडियो “मनै फाट्यो नि” सार्वजनिक भएको छ । धादिङको धुनिबेशी घर भएका ठकुरीलाई विभिन्न टेलिचलचित्रहरुमा समेत चर्चा कमाएकी कलाकार अनुमती नेपालीले साथ दिएकी हुन्।
कोरोना भाईरस पोजेटिभ देखिएपछि यथार्थ कुरालाई अन्य कुरा सँग जोड्दा भएको घटनाहरुलाई भिडियोमा देखाईएको छ।गीतमा प्रेम र बिछोडका कुरा प्रस्तुत गरिएको छ।
भिडियो धादिङको विभिन्न स्थानमा छाँयाकन गरिएको छ।गीतको भिडियोमा उदयराज शर्माको छायाँकन,सम्पादन र निर्देशन रहेको छ भने सुधा भण्डारी वाग्ले यसका निर्माता हुन्।रमाकान्त वाग्लेको शब्द तथा स्वर रहेको उक्त गीतमा विकास चौधरीको सँगित र सँगित सँंयोजन रहेको छ।
भिडियोको मिडिया पार्टनरको रुपमा नागरिकपाटी डटकम, एनआरएन टिभी शो र रेडियो राजमार्ग ९२.१ मेगाहर्ज रहेको छ।भिडियो सिने सँगालो नामक युटुब च्यानलबाट सार्वजनिक भएको हो।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया