रामकृष्ण ढकालको आवाजमा उमेश रेग्मीको सानु मेरो याद आयो भने

इनेप्लिज २०७७ फागुन १२ गते १०:५१ मा प्रकाशित

धरान।हाल अमेरिकामा बसेर नेपाली गीत ( संगीतमा निरन्तर उत्कृस्ट गीत( संगीतहरु दिईरहेका गीतकार रसंगीतकार उमेश रेग्मीले आफ्नो अर्को सौगात गायक रामकृष्ण ढकालको स्वरमा म्युजिक भिडियो सहित सार्वजनिक गरेका छन्।

आफ्नै गोत्र इन्टरटेनमेन्ट युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको ूसानु मेरो याद आयो भने बोलको गीतको संगीत संयोजन महाराज थापाले गरेका छन् भने युबराज वाइबाको निर्देशन,निशाल पौडेलको छायांकन र बिकाश दाहालको सम्पादन रहेको छ।

साक्षी लम्साल , प्रेम कुमार श्रेष्ठ र गायक रामकृष्ण ढकाल स्वयंको अभिनयले गीत संगै भिडियोलाई पूर्ण बनाईदिएको छ।

इनरुवाका स्थायी बासिन्दा गीतकार रसंगीतकार उमेश रेग्मीले २०६५ साल ताका नै सुनसरी( इनरुवा र उमेश नामको दुई एल्बम आफ्नै स्वर तथा सब्द संगीतमा निकालिसकेका छन्।संगीतलाई आफ्नो शौक मान्ने उमेशले अमेरिकाको बसाइ पछि भने बिगत दुई बर्ष देखि निरन्तर आफ्नो शब्द ( संगीत मा दीप श्रेष्ठ ,रामकृष्ण ढकाल ,अन्जु पन्त,शिब परियार,बिस्व नेपाली ,टिका प्रसाई ,संजिवनी,नबिन राहपल ,राज पौडेल,विवेक श्रेष्ठ लगायतका नयाँ देखि अग्रज गायक (गायिकाहरुको स्वर रेकर्ड गरिसकेका छन् भने भविष्यमा अझ उत्कृस्ट गीत( संगीत पस्कने कोशिस जारी राख्ने बताउंछन्।

सानु गीतको भिडियो लिंक

प्रतिक्रिया