सञ्जय साह,मित्र
प्रदेश २ मा प्रदेश प्रमुखको कार्यभार सम्हालेको दोस्रो दिन डा.राजेश झालाई आफ्नो गाउँमा २०५ किलोको पुष्पमालाले स्वागत गरिएको छ।रौतहटको गढीमाई नगरपालिका ४ सुन्दरपुरमा नगरपालिका तथा स्थानीयबासीले भव्य स्वागत गरेका छन्।
प्रमुख प्रमुख डा. झा सुन्दपुरका स्थानीयबासी हुन्।सोही गाउँमा गढीमाई मन्दिर रहेको छ।प्रदेश प्रमख डा. झाले आइतवार मात्र कार्यभार सम्हालेका थिए। पदको कार्यभार सम्हालेको भोलिपल्ट नै आफ्नो गाउँ पुगेर प्रसिद्ध गढीमाईको दर्शन तथा पूजा गरेका छन्।
गढीमाईको विधिवत दर्शन तथा पूजा गरेपछि डा.झालाई गढीमाई नगरपालिकाको तर्फबाट २०५ किलोको माला लगाएर स्वागत गरिएको छ।नगर प्रमुख श्यामप्रसाद यादव तथा प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले प्रदेश प्रमुख झालाई स्वागत गर्दै बधाई दिएका छन्।
प्रदेश प्रमुख झाले गाउँका स्थानीयबासी,दौंतरी तथा अग्रजहरुले स्वागत तथा बधाई ज्ञापन गरेपछि आफूलाई खुसी लागेको बताएका छन्।आफ्नो शिरमा देश र मनमा मधेस बोकेर काम थालेको बताएका प्रदेश प्रमुख डा.झालाई उद्देश्यमा सफलता प्राप्त हुने विश्वास लागेको नगर प्रमुख श्यामप्रसाद यादवले सम्पूर्ण नगरबासी खुसी भएको बताएका छन्।
गाउँको स्थानीय बज्जिका भाषामा अग्रज तथा कनिष्ठसित पनि सामान्य अवस्थाको जस्तो व्यवहार प्रदर्शन गरेका छन्।कार्यभार समहालेको दोस्रो दिन गाउँमा पुगेर डा.झाले दौंतरीहरुलाई पनि भेटेर सबैको हौसला बुलन्द गरेका छन्।गाउँमा हुर्केर पत्रकारितामा नाम कमाएका डा.झालाई गाउँमा प्रदेश प्रमुखको रुपमा देखेपछि सबै वर्ग तथा समुदायमा गर्वको अनुभूति भएको स्थानीयको टिप्पणी छ।झालाई स्वागत गर्न तथा बधाई दिन विभिन्न क्षेत्रका मानिसहरु उपस्थित भएका थिए।
प्रतिक्रिया