गायक अपाथ र एलिना चौहानको ‘जुन त्यो जुन’मा एलिसा र निराजनको रोमान्स

इनेप्लिज २०७७ फागुन ५ गते ८:५७ मा प्रकाशित

काठमाडौं।मोडल निराजन प्रधान र एलिसा राईको अभिनय रहेको नयाँ गीत ‘जुन त्यो जुन’ सार्वजनिक भएको छ । गायक अपाथ माप्छन र एलिना चौहानको स्वरमा रहेको गीतमा कमल राईको शब्द तथा संगीत रहेको छ । पछिल्ला दिनमा एकपछि अर्को गर्दै राम्रा गीत संगीत दिइरहेका कमलकै एरेन्ज पनि रहेको गीतको भिडियोको निर्देशन सोनम पाख्रिनले गरेका छन।

रिदम स्क्रिन क्रियशनले बाहिर ल्याएको भिडियोमा बुद्ध थापाको छायाँकन र सुशील न्यौपानेको सम्पादन रहेको छ । भिडियोका निर्देशन सोनम पाख्रिनले मोडलमार्फत युवा अवस्थामा जानेर नजानेर गरिने प्रेम पस्किएका छन्।

प्रतिक्रिया