मृत आमालाई आवासगृहको हिमीकरण यन्त्र(फ्रिजर)मा राखेको आरोपमा छोरीलाई गिरफ्तार गरिएको छ । जापानको टोक्योको एक आवासगृहमा जव घर सफाई गर्नेले उनको आमाको लास भेट्टाएका थिए ।
प्रहरीका अनुसार उनलाई उक्त हिमीकरण यन्त्रमा उनको मृत शरीरलाई अटाउनको लागि कच्याक खुचुक बनाएर राखिएको थियो । ४८ बर्षिय युमी योशिनो नामकी ४८ बर्षिय उक्त महिलाले बिगत १० बर्ष देखि लुकाई रहेकी थिइन् ।
उनले घर आए पछि उनकी ६० बर्षिय आमाको मृत्यु भएकोले उनको घरबाट बाहिर मृत आमा अर्थात् लाशलाई हटाउन चाहेकी थिइनन भनि स्थानीय पत्रिकाले समाचार प्रकाशित गरको छ ।
प्रहरीका अनुसार उक्त मृत शरीरमा देखिने कुनै घाउ र चोट पटक नलागेको बताएका छन् । अधिकारीहरुले कुन समयमा उनको मृत्यु भएको र निधन हुनेको कारण पत्ता लगाउन सकेका छैनन ।
उनले घर भाडा तिर्न चुके पछि उक्त मृत शरीर पत्ता लागेको थियो । योशिनोलाई गत शुक्रबार टोक्यो नजिक चिवाको अतिथि गृहबाट गिरफ्तार गरिएको थियो ।
श्रोत : न्युयोर्क पोस्ट
प्रतिक्रिया