‘नाचिदेउ बसन्ती’को कभर बनाउनेले १ लाख पाउने , समयसीमा जनवरी २८ सम्म

इनेप्लिज २०७७ माघ ६ गते २२:५६ मा प्रकाशित

गायक दिल तामाङको म्युजिक भिडियो ‘नाचिदेउ बसन्ती’को कभर भिडियो बनाउने समय सीमा जनवरी २८ सम्म तोकिएको छ ।

प्रोडक्सनले आइतबार एक सूचना जारी गर्दै ‘नाचिदेउ बसन्ती’को कभर भिडियो बनाइसक्नु पर्ने समय सीमा तोकेको हो।यसअघि नै नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उदेश्यले भिडियो निर्माता कम्पनीले गीतको कभर भिडियो बनाउने मध्ये एउटा उत्कृष्ट भिडियोलाई एक लाख नगदसहित सम्मान गरिने जनाएको थियो।

यस्तै गीतको भिडियोले सार्वजनिक भएको २ हप्तामै १० लाख अर्थात् १ मिलियन भ्युज पार गरेको छ।भिमफेदी गाइज र एलिसा शर्माको दमदार अभिनय रहेको भिडयो लाइ स्टार क्याडेटको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको थियो।गीतमा स्वर, डि पी खनालको शब्द र शंकर थापा “स्माइल”को सगीतमा रहेको छ।गीतको भिडियोलाई निर्मल लामाको निर्देशन गरेका हुन् ।

प्रतिक्रिया