पोखरा २२ पुम्दी भुम्दी बसोबास गर्ने सन्तोष परियारको शव फेवातालमा तैरेको अवस्थामा एक हप्तामा फेला परेको हो।पुष २२ गते सवा एक बजे पुम्दीभुम्दीको चिहान डाँडामा पिकनिक खान १०।११ जना व्यक्ति गएकोमा अबेर रातिसम्म परियार नर्फके पछि प्रहरीलाई खबर गरिएको थियो।अन्दाजी २४।२५ वर्षीय मृतक परिवारमा कोही कसैलाई नभनिकन पिकनिक खान गएका थिए।
प्रहरीले खोजतलास गर्ने क्रममा पिकनिक खान गएको ठाँउबाट ३ सय मिटर पश्चिम तर्फ फेवातालमा बुधबार बिहान शव फेला पारेको हो।घटनाका बारेमा थप अनुसन्धान भइरहेको कास्की जिल्ला प्रहरी प्रबक्ताको जिम्मा समाल्नुभएका दिपक थापाले जानकारी दिनु भएको छ।हेर्नुहोस स्थलगत भिडीयो
प्रतिक्रिया