यस्तो बेला पनि शिव श्रेष्ठले आट गरेर फिल्म चलाउन लागे तर वर्षाले किन साथ दिइनन् ,आखिर किन ? (भिडियो सहित

इनेप्लिज २०७७ पुष २५ गते ३:५९ मा प्रकाशित

कोरोनाका कारण करीब ९ महिना फिल्म क्षेत्र ठप्प भयो । जसले गर्दा यस क्षेत्रमा आश्रित हजारौं फिल्मकर्मीहरु प,लायन हुने अवस्थामा पुगेका थिए भने फिल्म क्षेत्रले अर्बौंको घाटा बेहोरेको छ।मंसिर अन्तिम सातादेखि सरकारले फिल्म छायांकन खुल्ला गरेपछि फिल्म क्षेत्रमा चहलपहल सुरु भएको छ । पुष १० गतेबाट हल व्यवसायीले एकतर्फी रुपमा सिनेमा हल पनि खोलेका छन् तर,तत्काल निर्माताहरु नयाँ फिल्म प्रदर्शन गर्न तयार नहुँदा हल सञ्चालकहरु पुरानै फिल्म चलाएर दर्शकलाई सिनेमा हलसम्म आउने वातावरण बनाइरहेका छन्।

ठूला भनिएका फिल्मका निर्माताहरुले यो समयमा फिल्म प्रदर्शन गर्ने आँट नगर्दा एक्सन स्टार शिव श्रेष्ठले भने आफू निर्मित तथा अभिनीत फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ माघ १ गतेबाट दर्शकलाई सुम्पिदैछन्।कोरोनाका कारण धरासायी बनेको फिल्म क्षेत्रलाई चलायमान बनाउन लाखौंको लगानीमा बनेको फिल्म प्रदर्शन गर्ने उनको हिम्मतलाई फिल्मकर्मीहरुले प्रशंसा गरेका छन्।

चलचित्र रिलिज हुने पक्का भैसक्दा पनि यसका कलाकार भने न त प्रचारमा देखिएका छन् न त चलचित्रको कार्यक्रममा नै देखिएका छन्।चलचित्रकर्मीहरुले कोभिडको समयमा यसका प्रस्तुतकर्ता शिव श्रेष्ठले जो,खिम मोलेको भन्दै प्रचारमा सहयोग गरिरहँदा चलचित्रका मुख्य कलाकार नै प्रचारमा देखिएका छैनन् । भिडियो सहित

प्रतिक्रिया