पोखरा महानगरपालीका वार्ड न।१७ छोरेपाटनबाट आज मानवसेवा आश्रमले एकजना महिलाको उद्दार गरेको छ।
बिगत लामो समयदेखि मानसिक सन्तुलन गुमाएकी महिलालाई आज पोखरा कै छोरेपाट्नमा रहेको मानव सेवा आश्रमले उद्धार गरेको हो।
उक्त महिलाको घरमा उनका बुढा र एक छोरा डेरा गरि गस्दै आएका थिए।उनका बुढाका अनुसार उनिहरुको एक जना एक वर्षका सानो बाबू पनि हराईरहेका छ्न।आमाले मानसिक सन्तुलन गुमाएपछी बच्चा कता हरायो अन्योल रहेको छ।
८ कक्षामा पढदै आएका उनका अर्का छोराले आमाको सेवा गर्दा गर्दै आफ्नो पढाइ पनि गुमाउनुपरेको छ।आर्थिक अवस्था कम भएको र घरमा आफुहरुलाइ केही गर्न पनि नमिल्ने वातावरण भएपछी अन्तिममा आश्रममा पठाउने निर्णय गरेको उनका श्रीमान बताउछ्न।
आश्रममा लगेपछी घरमा पनि काम गर्ने मेसो मिल्ने र छोराले पनि आफ्नो पढाई निरन्तरता दिन मिल्ने आशाका साथ छोराको भबिस्य र महिलालाई पनि सहज हुने आशाका साथ आश्रममा लगिएको छ । भिडीयो सहीत
प्रतिक्रिया