हाँस्य अभिनेत्री चम्सुरीले आफ्नै स्वरमा ल्याई नयाँ गीत

इनेप्लिज २०७७ पुष १९ गते १०:५२ मा प्रकाशित

काठमाडौं,

मेरी बास्सै टेली चलचित्रकी चम्सुरी अर्थात पल्पसा डँगोल गायिकाको रुपमा आएकी छिन् । हास्य अभिनेत्रीको रुपमा परिचित उनले आफुलाई गायनमा पनि अघि बढाउँदै छिन्।

पल्पसाले आफ्नो स्वरमा नयाँ गीत काली काली दिलवाली…बजारमा ल्याएकी छिन्।नयाँ वर्ष २०२१ को अबसर पारेर यसलाई रिलिज गरिएको हो ।
दुबईको विभिन्न रमणीय स्थलमा छायाँकन गरिएको यो गीतको भिडियोमा पल्पसा आफैंले अभिनय गरेकी छिन् । उनले यो गीतमा आफुले यात्रा गर्दाको दृष्यलाई समेटेर यात्राप्रधान म्युजिक भिडियोको रुपमा बनाएकी छिन्।

यो भिडियोलाई पल्पसा आफैंले निर्देशन गरेकी हुन्।जसमा रबिन भट्ट र अशोक चौधरीको सम्पादन रहेको छ । भिडियोलाई पल्पसाले आफ्नै युट्युव च्यानल

बाट रिलिज गरेकी छिन्।भिडियोलाई पवन डँगोलले खिचेका हुन्।

यो लगीतमा अशोक राईको सँगीत रहेको छ।गीतमा गायिका एवम् अभिनेत्री पल्पसाकै सुन्दरताको चर्चा गरिएको छ । उनको यो गीतलाई प्रकाश पौडेल र पल्पसा आफैंले सँयुक्त रुपमा लेखेका हुन्।

भिडियो लिँक

प्रतिक्रिया