गोदावरीमा रोमाण्टिक मुडमा देखिए इन्जमम र जानकी ( भिडियो )

इनेप्लिज २०७७ पुष ६ गते ३:५७ मा प्रकाशित

काठमाडौं । वरिष्ठ संगीतकार रञ्जित गजमेरको संगीत र गोपाल लोहारको शब्दमा रहेको प्रेमिल शैलीको ‘म जुन बनिदिन्छु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा गायिका प्रविशा अधिकारी र गायक सुरेश लामाको युगल रहेको छ। गीतलाई रंजित गजमेरले नै संगीत संयोजन गरेका हुन्।

इन्ज़मम अली खान र जानकी थापालाई म्युजिक भिडियोमा रोमाण्टिक मुडमा देख्न सकिन्छ। रोहिया महर्जनले कोरियोग्राफी गरेको यस भिडियोलाई दिर्घ गुरुङले छायांकन गरेका हुन्। विकाश दहालको भिडियोमा सम्पादन रहेको छ। भीमा लोहार उत्पादक रहेको यस भिडियोलाई श्याम लामा र काजी लिम्बुको निर्देशनमा तयार पारिएको हो।

यस गीतको भिडियोलाई हेरेर प्रतिक्रिया दिन निर्माण टिमले सबैलाई आग्रह गरेका छन्। गोलो प्रोडक्शनको अफिसिएल युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

प्रतिक्रिया