विराटनगर,५ पुस।संसद विघटनको विरुद्धमा आज अपरान्ह विराटनगरको बुधहाट र ट्राफिक चोकमा विभिन्न राजनैतिक दल एवं विद्यार्थी संगठनले विरोध र्याली एवं कोण सभाको आयोजना गरेका छन्।
नेपाली काङ्गे्स मोरङले बुधहाट चोकमा आयोजित कोण सभामा अविलम्व संसद विघटनको निर्णय सच्चाउन मांग गरेको छ।
उक्त कोण सभामा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे,जिल्ला अध्यक्ष डिगवहादुर लिम्वु,प्रदेश सभाका प्रमुख सचेतक केदार कार्कीले बोल्नु भएको थियो।
यसैगरी ट्राफिक चोकमा राष्ट्रिय यूवा नेपाल मोरङ र अनरास्ववियू मोरङद्वारा आयोजित विरोध र्याली एवं कोण सभामा वक्ताहरुले ससद विघाट गर्ने निणय फिर्ता लिनुपर्ने र,असंंवैधानिक कदम खारेज गर्नु पर्ने माँग गरेका छन्।
कोण सभामा विद्यार्थी नेता वसिम आलम र भोगेन्द्र यादव लगायतका वक्ताहरुले संसद विघटनको कुरा देश र जनताको हित नगर्ने धारणा राख्नु भएको थियो।
यस्तै विवेकशील साझा पार्टीले संसद विघटनको विरोधमा ट्राफिक चोकमा मौन विरोध प्रदर्शन गरेको छ।
प्रतिक्रिया