पुस १,काठमाडौं।गायक सुनिल कटुवाल र गायिका समिक्षा अधिकारीको स्वरमा नयाँ गीत केटो अलि कमाउने होस् सार्वजनिक गरिएको छ।दिग्गज धौरालीको शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ।
गीतको भिडियोमा लोकप्रिय मोडल सुधिर श्रेष्ठ र श्रेया सिटौलासँगै अजय मगर र अस्मिता अधिकारीलाई देख्न सकिन्छ।उत्सव दाहालले खिचेको भिडियो बिधान कार्कीले निर्देशन गरेका हुन्।भिडियो बिशाल इन्टरटेनमेन्टको युट्युवमा हेर्न सकिन्छ।
बुधबार राजधानीको बत्तिसपुतलीस्थित बिग फुडल्याण्डमा पत्रकार भेटघाट कार्यक्रम गरी सार्वजनिक गरिएको भिडियो नेप्सिनेको ब्यानरमा निर्माण भएको हो ।
गायक सुनिलले यसगीतबाट ठुलो आशा लिएको बताए।उनी यसअघिका गीत जस्तै दर्शकले मन पराउनेमा आशावादी छन्।सुनिलले गाएका दर्जनौं गीत मध्ये ‘कपुरी क’,‘ताराबाजी लैलै’बोलको गीत चर्चित छन्।यस्तै दुई महिना अघिमात्रै सुनिलका ‘मुखैमा राम राम’ र ‘डिजिटल फोटो’ गीत सार्वजनिक भएका थिए।
प्रतिक्रिया