विराटनगर,२५ मङ्सिर।पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश न. १ मा ६० जना महिला सहित १७५ जना कोरोना सङ्क्रमित थपिएका छन्।
थपिएका सङ्क्रमितमा सुनसरीमा ६१,मोरङमा ५५ मध्ये विराटनगरमा १७, झापामा ३४,ताप्लेजुङमा पाँच,धनकुटा र संखुवासभामा दुईदुई,खोटाङ, उदयपुर,इलाम र पाँचथरमा एकएक र प्रदेश बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २८ हजार ६७७ पुगेको छ भने आज ४९ जना सहित अहिलेसम्ममा २३ हजार ४५२ जना निको भएर घर फर्किसकेका छन्।
सोही अवधिमा ९३४ जना सहित अहिलेसम्ममा एक लाख ९९ हजार १५९ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया