नेपालमा एकै दिनमा १ हजार ६ सय ७४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर मात्र २४ हजार ९ जना सक्रिय संक्रमित रहेका छन् ।
बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय ९९ जना संक्रमित थपिएका छन् । संक्रमितमा ३ सय ८७ महिला र ५ सय १२ पुरुष रहेका छन् । यससँगै काठमाडौंमा १० हजार १ सय १ भक्तपुरमा ७ सय ९६ र ललितपुरमा २ हजार १ सय १४ जना सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयको तथ्यांक अनुसार संक्रमणमुक्त हुने दर ८८.४ प्रतिशत रहेको छ ।
शनिबारसम्म १ लाख ९३ हजार ३ सय २५ जना कोरोनाभाइरसस संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख १८ हजार ६ सय ३९ जनामा संक्रमण पुष्टि भएकोमा सो संख्यामा निको भएका हुन् ।
बितेको २४ घण्टामा देशभर ६ सय ६१ पुरुष र १ हजार १३ महिलासहित १ हजार ६ सय ७४ जनामा संक्रमण पुष्टि भएको छ भने निको हुनेको संख्या २ हजार ३ सय २३ रहेको छ । यस्तै पछिल्लो २४ घण्टमा थप ७ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ हजार ३ सय ५ पुगेको छ।
बिगत २४ घण्टामा ८ हजार १ सय ४४ जनाको पीसीआर परीक्षण भएसँगै कुल परीक्षण १६ लाख ५२ हजार ४३ पुगेको छ।
हाल काठमाडौं उपत्यकासहित झापा, मोरङ, सुनसरी, चितवन, काभ्रे, कास्की, दाङ, रुपन्देही र कैलालीमा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । हाल मनाङ र मुगुमा १ जना पनि संक्रमित रहेका छैनन् ।
प्रतिक्रिया