सर्ट मुभी ‘२०२०’ सार्वजनिक

इनेप्लिज २०७७ मंसिर ६ गते १०:५३ मा प्रकाशित

सर्ट मुभी ‘२०२०’ सार्वजनिक भएको छ । पछिल्लो समय घटिरहेको बलात्कारको बिषयमा तयार भएको यो चलचित्रलाई अमेरिकामा बस्दै आएका युवाहरुले तयार पारेका हुन् ।

सिदार्थ बिस्वले लेखन , निर्देशन र सम्पादन गरेको सार्वजनिक चलचित्रमा दिव्य न्यौपाने ,ग्रचे गुरुङ , सिदार्थ बिस्व र लौर घिमिरेको प्रमुख भूमीका देखिन सकिन्छ । चलचित्रबाट समाजमा सकारात्मक सन्देस दिन खोजेको निर्दशक बिस्व बताउछन् ।

तिम्रो मेरो पोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई सुमन बिस्वले खिचेका हुन् । चलचित्रमा गणेश गजमेर र सुबाश सेन्चुरीको संगीत सुन्न सकिन्छ ।

प्रतिक्रिया