नेपालमा एकैदिनमा कोरोनाबाट ३११४ संक्रमित

इनेप्लिज २०७७ कार्तिक १८ गते १३:२१ मा प्रकाशित

नेपालमा एकै दिनमा ३ हजार १ सय १४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । उक्त संख्या २४ घन्टामा लिइएको हो ।

११ हजार १ सय ६६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २ सय ४७ जना महिला र १ हजार ८ सय ६७ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । नेपालमा कूल संक्रमितको संख्या १ लाख ७८ हजार ६ सय १४ पुगेको छ । काठमाडौँ उपत्यकामा मात्र पछिल्लो २४ घन्टामा १ हजार ४ सय ६८ जना संक्रमित थपिएका छन् । यसमध्ये ६ सय ४९ जना महिला र ८ सय १९ जना पुरुष रहेका छन् ।

हाल ३० हजार ६ सय ९४ जना संक्रमित गृह एकान्तवास (होम आइसोलेसन)मा छन् भने ३ सय ७२ जना सघन कक्ष (आईसीयू) र ६८ जना वायू-प्रवाहक )भेन्टिलेटरमा छन् ।

हालसम्म १ लाख ४१ हजार १ सय ३४ जना निको भएका छन् भने निको हुने दर ७८.६ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएको छ । योसँगै नेपाल कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको छ ।

प्रतिक्रिया