प्रदेश १ मा ४४९ जना डिस्चार्ज, २५९ सङ्क्रमित थपिए

मोहम्मद सदरुल २०७७ कार्तिक १७ गते २२:१९ मा प्रकाशित

मोहम्मद सदरुल

विराटनगर, १७ कातिक(रासस): पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा २५९ जना कोरोना सङ्क्रमित थपिएका छन् भने सो अवधिमा विभिन्न स्थानबाट ४४९ जना निको भएर घर फर्किएका छन्।

सङ्क्रमित मध्ये ९९ महिला र १६० पुरुष छन् ।आज थपिएका सङ्क्रमितमा सुनसरीमा ९२, मोरङमा ८० मध्ये विराटनगरमा ३७,झापामा ६१, उदयपुर, तेह्रथुम, संखुवासभा, इलाम र ओखलढुङ्गामा दुईदुई,धनकुटा, भोजपुर र ताप्लेजुङ एकएक र प्रदेश बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या १९ हजार ७९१ पुगेको छ भने छ भने अहिलेसम्ममा ११ हजार ५४७ जना पूर्णरुपमा स्वस्थ भएर घर फर्किएका छन्।

प्रदेश १ मा आज एक हजार २७२ जना सहित कुल एक लाख ६२ हजार ४१४ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया