भिएनामा नेपाली बालबालिकाको हत्याको कारण घरेलु झै झगडा नै थियो त ?

बाबा राजेश्वरी थापा भियना, अस्ट्रिया २०७७ कार्तिक १४ गते ०:३४ मा प्रकाशित

अनुसन्धानकै क्रममा रहेको यस नेपाली बालबालिकाहरु को हत्याको घटनाक्रममा दिन प्रति दिन नया पाटोहरु खुल्दै गैरहेका छन्। हत्यामा संदिग्ध नेपाली महिला हाल जेलमा कोरोना आइसोलेसनमा छिन् , तर उनीमा आत्महत्याको जोखिमको कारण उनलाई चौबीसै घण्टा कडा हेरचाहका साथ निगरानीमा राखिएको छ।उनी निराश हुदै लगातार सोधिरहन्छिन : “मेरा छोराछोरीहरू कहाँ छन्? म कहाँ छु?” र: “म यहाँ कति बस्नु पर्छ ?”

एक स्थानीय पत्रिकाले जनाए अनुसार,आज सरकारी वकिललाई एक मनोचिकित्सक पिटर होफमान नामका मनोविशेषज्ञले संदिग्ध महिलाको स्थितिको प्रतिवेदन बुझाएका छन्।यस प्रतिबेदन र अन्य प्रमाणको आधारमा ती संदिग्ध नेपाली महिलाको सजायको निर्णय गरिनेछ। उनको मनोस्थिति सामान्य रहेको प्रमाणित भएमा उनलाई आजीवन कारावासको सजाय हुनेछ अन्येथा मानसिक रोगका कारण अपराध गरेको खण्डमा सोहि अनुसार रोगको उपचारको साथै सजाय हुनेछ।

वकिल होवलवार्थ भन्छन : “उनी निराश देखिन्छन्”

भियनाका आपराधिक कानून विशेषज्ञ फ्लोरियन होवलवार्थले झन्डै एक हप्ता अघि यस मुद्दालाई सम्हालेको थिए। स्थानीय पत्रिकासँग कुरा गर्दै भन्छन्: “म अझै विवरणहरूको सन्दर्भमा केहि भन्न सक्दिन किनकि मैले पुलिस जाँचबुझ बारेमा केहि अनुसन्धान प्रक्रिया बुझेको छैन। आजको जेलमा भएको भेट पछि , म केवल भन्न सक्छु कि मेरो ग्राहक मानसिकरुप मा पूर्ण रूपमा विकृत र टुक्रिएको देखिन्छ। केवल मनोवैज्ञानिक रिपोर्टले अपराधको पृष्ठभूमि बारे जानकारी प्रदान गर्दछ।”

पारिवारिक कलह नै घटना को कारण हुन् सक्ने :

आपराधिक अनुसन्धानको क्रममा, आफ्नी जेठी छोरीको अन्तिम समयको पीडाको बारेमा आमाले खोलिन्।तीन साना बच्चाहरूको हिंसात्मक मृत्युको कारण भियना शहर आश्चर्यचकित भएको थियो।

अपराधको केही हप्ता अघि लोग्ने स्वास्नी बिचको एउटा चर्को बहस पछि प्रहरीमा परेको उजुरीको कारण तीन सन्तानका पितालाइ १४ दिन सम्म घर आउन प्रतिबन्ध लगाइएको थियो र त्यसैले उनी अक्टोबर १५ मा घर फर्केका थिए। १७ अक्टोबरको रात घटना घटेको दिन उनि घरमा थिएनन्। घटना घटेको साँझ लाइ सम्झिदै ती महिलाले भनेकी छिन, लोग्ने स्वास्नी बीच बहस हुदापनि श्रीमानलाइ प्रहरी ले निर्दोष साबित गरि घर आउने अनुमति दियो र उक्त घटना घट्नु पुर्वको साँझ पुन बहस हुँदा श्रीमानले भने,” छोराछोरी मंसग बस्छन् र तिमीलाई नेपाल फिर्ता पठाई दिन्छु।” यहि कुराले मलाई एकदम पिडा दियो र हामी बीच फेरी बहस भएपछि श्रीमान घर छोडेर गए।” श्रीमान गएपछि छोराछोरीलाई खाना खान दिएर सुतिन। राति आठ महिने बालक दुध खान उठ्यो। फेब्रुअरीमा मुटुको दोषको लिएर जन्मिएको त्यो बच्चा तुरुन्तै फेरि निदायो। ”म एकदम डराएको थिए, म बच्चाहरुसंग टाढा भएर बाँच्ने कल्पना गर्न सक्दिन थिए”।की महिलाले बयानको क्रममा भनेको कुरा स्थानीय पत्रिकाले लेखेको छ।

उनले आँसु थाम्नै नसकी निराश हुदै घटनाको वर्णन गर्दै भनिन: “मैले खाट बाट एउटा पहेंलो तकिया लिएँ, बच्चाहरू सुतेको ठांउमा गएँ र सानो छोराको अनुहारमा दबाए।केही समय म रोकिए र फेरि मेरी अर्को तीन बर्षीय बच्चालाई पनि खाटमा त्यस्तै गरें। उनीहरु चल मलाउन नछोडे सम्म थिचिरहे। ” तर नौ बर्षीय छोरी को अन्तिम लडाई अझै दर्दनाक थियो, उनले सम्झदै भनिन,“उनी ब्यूँझिन र आफ्नो सबै शक्तिले म संग बाच्नको लागि लडाईं गरी, उनले आफ्नो हातले मेरो अनुहारमा कोपर्न चिथोर्न खोजिन तर मैले अझै जोडले उ छलमलाउन नछोडेसम्म थिचिरहे। उनको आफ्नै बयान अनुसार, उनी भान्साकोठामा गएर गहिरो दु: ख व्यक्त गरेर रोइन साथै आत्महत्याको प्रयास गरिन – जुन असफल भयो। केही समय पछि, उनले जेठी छोरीको मोबाइल फोनबाट पुलिसलाई खबर गराइन्, पक्राउ परिन्।

श्रीमानको बयान:

स्थानीय पत्रिकाले जनाए अनुसार संदिग्धका श्रीमानले आफ्नो बयानमा भनेका छन्, ””मेरी श्रीमतीको शंका थियो कि म उनको बहिनी सँग प्रेम सम्बन्ध राख्न चाहन्छु।यद्यपि उनी भारतमा बस्छिन्,उनी आफैं स्वयम बिबाहिता हुन् र उनका दुई बच्चाहरु छन,”। केही समय पछि उनले श्रीमानले आफ्नी आन्टिले उनलाई नेपालबाट बहकाएको समेत शंका गर्न थालिन , जुन सरासर गलत हो। पछिल्लो समयमा उनले,मैले उनलाई विष मिसाएर खानेकुरा खान दिएको आरोप समेत लगाइन।”

अर्को तर्फ, उनकी श्रीमती भन्छिन्: ” ईर्ष्याको कारण म अत्यन्तै डराएको थिए , म सम्बन्ध विच्छेद गर्न चाहन्थें। हामीबीच पैसालाई लिएर तर्क र बहस हुने गर्थ्यो ।”

अनुसन्धानकै क्रममा रहेको यस घटनाले नेपाली समुदायलाई समेत अत्यन्तै दुखी बनाएको छ।

बाबा राजेश्वरी थापा
भियना, अस्ट्रिया

प्रतिक्रिया