पत्रकार गोपाल शिवाको कोरोना संक्रमणबाट निधन

इनेप्लिज २०७७ कार्तिक १३ गते १०:३७ मा प्रकाशित

लण्डन (जीएनएन) — वैदेशिक रोजगारीको सिलसिलामा कुवेतलाई कर्मथलो बनाइ केहि वर्ष कार्यरत रहि स्वदेशमै केहि गर्ने सोचका साथ नेपाल फर्किएका पत्रकार गोपाल शिवाको कोरोनाको कारण ज्यान गएको छ । केहि दिन देखि कोरोना संक्रमित भइ उपचाररत रहेकोमा गत सोमबार राती उनको निधन भएको हो ।

अत्यन्त मिलनसार, मृदुभाषी, सामाजिक अभियन्ताको रूपमा चिनिएका शिवा कुवेतमा रहँदा एक कलमकर्मीको रूपमा हाम्रोसंचार डटकमको प्रधान सम्पादक तथा नेपाल पत्रकार महासंघ कुवेतको सहसचिव पदमा कार्यरत रहंदै स्वदेश फर्किएका थिए ।

काठमाडाैंको पेप्सीकोला घर भएका शिवाले केहि दिन अघि मात्रै आफु र श्रीमती दुबैलाइ कोभिड-१९ पोजिटिभ देखिएकोले आफुसँग सम्पर्कमा आएका सबैलाई कोरोना परिक्षण गर्न आग्रह गर्दै सामाजिक सञ्जालमा स्ट्याटस राखेका थिए ।

शिवाको कार्तिक १० गते टिकाको दिन राती ११ बजे निधन भएको हो ।

प्रतिक्रिया