कमल श्रेष्ठ र मेलिना राईको युगल गीत ‘माया गाँठो पर्ला ‘ सार्वजनिक (भिडियो )

इनेप्लिज २०७७ कार्तिक १ गते १९:३९ मा प्रकाशित

गायक कमल श्रेष्ठ र लोकप्रिय गायिका मेलिना राईको युगल स्वरमा गीत ‘माया गाँठो पर्ला ‘ सार्वजनिक भएको छ ।उत्तम जंग लिम्बुको शब्द, संगीत र सन्जीव सुब्बाको एरेन्ज रहेको गीतको भिडियोलाई गायक कमल श्रेष्ठको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

रविन बिस्ट र एन्जिला बानियाको दमदार अभिनय रहेको भिडियोमा नरेन मोक्तानको छायाँकन प्रदीप बस्नेतको सम्पादन र दिन्सन शाहको कलर ग्रेडिंग रहेको छ । ‘माया गाँठो पर्ला ‘को भिडियोलाई युवा निर्देशक देवजंग थापाको निर्देशन गरेका हुन् ।नेपाली सांगीतिक छेत्रमा धेरै पहिला देखि लागिरहनु भएको भए पनि बिभिन्न कारणले गर्दा गायक कमल श्रेष्ठको औपचारिक रुपमा भने पहिलो पटक गीत लिएर दर्शक माझ आउनु भएको हो ।कोरोन कहर बीच पनि मेहनतगरी म्युजिक भिडियो सार्वजनिक गरिएको ले माया गरिदिन सम्पूर्ण दर्शक श्रोता र मिडिया हाउसलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया