सरिता, हेम र डब्बुले यो दशैं लाई ल्याए नयाँ गीत

इनेप्लिज २०७७ असोज २३ गते १०:५४ मा प्रकाशित


यो वर्षको दशैंका लागि नयाँ गीत आउने क्रम जारी छ । यसै क्रममा नजिकिँदै गरेको दशैंलाई लक्षित गरेर गायिका सरिता भारती र गायक हेम श्रेष्ठले आफ्नो युगल स्वरमा नयाँ दशैं गीत ‘यसपालीको दशैं…’ को भिडियो दर्शक श्रोतामाझ ल्याएका छन्।यो गीत काठे भाकामा तयार गरिएको छ । यो गीतको भिडियोलाई हामी सबैको युट्युव च्यानलबाट रिलिज गरिएको छ।

यस अघि थुप्रै प्रकारका लोक गीत गाएकी सरिताले काठेभाका पहिलो पटक गाएको बताईन् । लोकहरुमा पनि काठोभाका आफुलाई निकै भन पर्ने भएकाले यसपटक हेम श्रेष्ठसँगको सहकार्यमा यो दशैंगीत दर्शकमाझ ल्याएको पनि उनले बताईन् । यस अघि विभिन्न मौलिक भाका ल्याएर अवार्ड जितिसकेकी सरिताले आफ्नो यो गीतले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाएको बताएकी छिन्।

यो दोहोरी भाकाका लय सँकलन तथा संगीत हेम श्रेष्ठ कै रहेको छ।काठे भाकामा आफ्नो फरक परिचय बनाईसकेका हेमको यो गीत निकै मार्मिक बनेको छ। गीतमा गायिका सरिता भारती सँग हेमको युगाल स्वर सुहाउको छ।सोही कारण यो गीतलाई अहिले दर्शकले रुचाएका छन्।

यो गीतलाई गीतकार डब्बु क्षत्रीले लेखेका हुन्।बिदेशमा रहेर विभिन्न कारणले घर आउन नसकेका नेपाली कामदारहरु र उनीहरुका परिवारको पीडालाई यो गीतमा समेटिएको गीतकार डब्बु क्षत्रीले बताएका छन्।गीतको भिडियोलाई पनि क्षत्रीले नै निर्देशन गरेका हुन्।डब्बु क्षत्रीको यस अघि ६ दर्जन भन्दा बढी गीतहरु आईसकेका छन्।

गीतको भिडियोमा गायिका सरिता भारती आफैं मोडलको रुपमा प्रस्तुत भएकी छिन् । सरिता अभिनेता श्रीदेब भट्टराईको जोडी यसमा सुहाएकोे छ।उनीहरु यसमा दम्पत्तिको भूमिकामा छन्।आफ्नो आमा, श्रीमती छोरा छाडेर भाईसँग बिदेश गाएका नेपाली कामदारले दशैंमा आउन नपाउँदा पोखेको पीडा यो गीतमा प्रस्तुत गरिएको छ । भिडियोमा चरित्र अभिनेत्री विद्या कार्की, कलाकार नारायण श्रेष्ठ लगायतले अभिनय गरेका छन् ।अभिनेता श्रीदेवले पनि काठे भाकाको दशैं गीतमा पहिलो पटक अभिनय गरेको बताए । गीत निकै वियोगान्त र मार्मिक भएकाले आफुलाई मन परेको पनि उनको भनाई छ।

यो गीतलाई रामकृष्ण थापाले संगीत संयोजना गरेका हुन्।यो दोहोरी काठे भाकालाई अनामनगरको एक्सन स्टुडियोमा रेकर्डिङ गरिएको हो।गीतलाई गोविन्द सोनीले मिक्सिङ गरेका हुन्।

प्रतिक्रिया