केही ग़ज़ल संग्रहहरू

सुजन साहेल २०७७ असोज १६ गते २१:०२ मा प्रकाशित

बृद्ध बा-आमाकाे शीतल छहारी बिर्सिएर
ऊ सहरीया भएकाे छ घरबारी बिर्सिएर।

हिजोकाे पाहुना आज सकथाेक लागेकाे
शदीयाैँ देखिकाे नाता अजम्बरी बिर्सिएर।

प्रेमिकालाई महँगाे हार उपहार बक्सिएछ
पढाउँदा आमाले बेचेकाे तिलहरी बिर्सिएर।

एउटा यात्री जो गयाे कहिलै फर्किएन
रमाएछ उतै सुन्दर वारिपारि बिर्सिएर।

आज ऊ यसर्थ शिर झुकाउन विवश छ
छाेराले जिज्ञासा राख्दा बाह्रखरी बिर्सिएर।

यहाँ सबै आफ्नै हुने गर्छन् मात्र कुराले
नेताले के दिए चुनाबमा भाेट माग्छन् मात्र कुराले।

दाउ किन चलाउँछाै तरकारी काट्छन् मात्र छुराले
नेता हाम्रै हुन् पानी जहाज र रेल ल्याउछन् मात्र कुराले।

सधैँ ठुलाे राम्राे हुन्न ठुलै हेर्छन् मात्र ठुलाले
अबुज हामी कि नेता प्रधानमन्त्री पद भ्याउछन् मात्र कुराले।

ठेस लागीहाले बाटाेलाई गाली गर्छन् मात्र भुराले
कहाँ छ कर्णाली राषन हाेइन भाषण दिन्छन् मात्र कुराले।

बलात्कृत भई र मरी निर्मला न्याय दिन्छन मात्र कुराले
जता हेर्याे अस्तब्यस्त कानुनकाे खेल खेल्छन् मात्र कुराले।
यहाँ सबै आफ्नै हुने गर्छन् मात्र कुराले
नेताले के दिए चुनाबमा भाेट माग्छन् मात्र कुराले।

कहाँ छाै एकपटक हेर फर्केर
के चाेखाे पार्याै सुनपानी छर्केर ?

सुनुवारले मुर्ति कुँद्याे धेरै दिन पर्खेर
मन्दिर अगाडि उसलाई, के चाेखाे पार्याै सुनपानी छर्केर?

तिम्लाई हाम्ले छुन नहुने भन्छाै झर्केर
रगत त एउटै हाे राताे, के चाेखाे पार्याै सुनपानी छर्केर?

तिम्रा शरिरका लुगा मैले सिएकाे एकपटक हेर लर्केर
त्यहि लुगामा छाेइन्छ भन्याै, के चाेखाे पार्याै सुनपानी छर्केर?

धर्मका कुरा गर्छाै एकपटक हेर फर्केर
गीता,रामायण पढ्याै, के चाेखाे पार्याै सुनपानी छर्केर?

रचनाकार : सुजन साहेल
स्थायी ठेगाना: गाेरखा भिमसेन थापा गाउँपालिका ४ धावा

 

प्रतिक्रिया