नेपाल आइडलको पहिलो सिजनबाट चर्चामा आएका गायक निशान भट्टराईको नयाँ गीत ‘संगै मरौला’ सार्वजनिक भएको छ।सन्तोष जंग थापाको रचना र नविन कार्कीको संगीत रहेको गीतको भिडियोलाई सदभाव टिभीको अफिसियल युट्यब च्यानल मार्फत सार्वजनिक गरिएको हो।भिडियोमा पछिल्लो समय युवा माझ लोकप्रिय मोडेल नविन बुढाथोकी र नायिका अनु शाहको दमदार अभिनय रहेको छ।
रामकृष्ण चौलागाईले खिचेको भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन् ।आशिक राइको निर्देशनमा भिडियो बनेको हो ।मोडेल नविन बुढाथोकीले यस अघिपनि धेरै नायिकाहरु सग स्क्रीन सेयर गरिसकेका छ जसलाई दर्शकले धेरै मन पराएका थिए।
प्रतिक्रिया