गरीबकाे पेटलाइ नि पर्ने नि खान!
छैन त्याे माैका काम गर्न जान
न साथमा धन छ न घरमा अन्न!
न छन् छिमेकी लेउ पैँचाे भन्न!
के आयाे यस्ताे बिलखबन्द पार्याे?
राेगले भन्दा नि भाेकले पाे मार्याे!
बनाइदे न इश्वर तैँले अब जानि
गरीबकाे पेटले ढुङ्गा माटाे खानि!
पर्दैन भन्थे भाेकले काेहि मर्न
अाएन सरकार उद्धार त्याे गर्न!
कुर्चि जाेगाउने झगडा मै ब्यस्त
के देखथ्याे पीँडा छन् आफू मस्त!
जाेगाउन कुर्चि अर्काे अश्त्र फाल्याे
मान्छे छाडेर सर्प पाे पाल्याे!
रामदेव पुजे झैँ नागदेव नि पुज्याे
एउटाकाे मुखलाइ सर्पले बुज्याे!
गरीबलाइ जस्तै नदिनु धाेका
नाग देउता पाे हुन् नराख्नु भाेका
एउटा बसे नि अब सर्प पालि
अर्का बिराेधी छन् नि त खालि!
तिन्लाइ नि देउ पैसाे भ्यागुता ति पाल्न
जम्मा पारेर सर्पलाइ हाल्न!
त्यति गरेसि आउन्नन् ति पनि
मेराे पालाे हाे छाेड कुर्चि भनि!
यस्ताे छ सरकार के गर्नु गर्व!
मान्छे भाेकै छन् सर्पलाइ अर्व!
भाेकले माेर्याछन् देख्दैनन् त्यता
सर्प भन्दा नि बिषालु नेता!
एकथरि सर्प खेतका ति डस्नि
अर्काथरि ति कुर्चिमा बस्नि!
मारेर गरीब पाेषे ठूला ठालू
कुन चाँहि सर्प हुन खै बिषालु??
(व्यङग्य कवि पन्त ,पहिलाे ब्यङग्यकाब्य “काेइली”का समेत लेखक हुन)
प्रतिक्रिया