विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘कर्तब्य बोध’ सार्वजनिक भएको छ । दुईसय अठासी लाइनको यो गीतले पनि केही समय पहिला विश्व रेकर्ड कायम गर्न सफल भएको थियो । गीतमा नारी पुरुष एक अर्काले गर्नुपर्ने पाँच कुरा – माया, सम्मान, ख्याल, सुरक्षा र व्यवहार व्यक्त गरिएको छ ।
सन्तोष श्रेष्ठको सङ्गीत रहेको गीतमा सागर अधिकारी ‘शरद’ र तृप्ती खड्काको स्वर रहेको छ ।
डा. उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ वल्र्ड रेकर्ड कायम गर्नुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्ड सहित विभिन्न ३२ विधामा उपाध्यका विश्व रकेर्ड कायम छन् ।
उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोड मात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् ।
उहाँका चाड पर्वका गीत देखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योग सम्बन्धी गीत, महिला प्रताडना सम्बन्धी गीत, मजदुर किसान भरिया सम्बन्धी गीतलगायत विभिन्न परिवेशका गीत रहेका छन् । त्यस्तै मेजर स्केलका गीत, माइनर स्केलका गीतका साथै सेभन्थ कड्सका गीतहरु रहेका छन् उहाँका ।
प्रतिक्रिया