निरन्तर अबिरल यात्रामा
यो जिन्दगीको
याहाॅं कुनै गुनासो छैन
चिन्ता माथी चिन्ता
बोझ माथी बोझ बढे पनि
थकान महसुश छैन
किनकी यत्रतेत्र सर्वत्र
कोरोनाको बिगबीगी
विगत छ महिना देखि
बन्द कोठा भित्र निस्सासिएर बस्दा पनि
यहाॅं कतै उजुरी गर्ने
कुनै ठाॅंउ नै छैन
त्यसैले व्यर्थको चिन्ता
व्यर्थको थकानको कुनै तुक नै छैन
छ महिनाको बिचमा
लाखौंले ज्यान गुमाए
अनि फेरि लाखौं नयाॅं जन्मिए पनि त होलान
तर यॅंहा
पाउनु र गुमाउनुको कुनै
हिसाब किताब नै छैन
समय आफ्नै गतिमा अघि बढिरहेको छ
हामीले हाम्रो जिन्दगीको
आय, ब्यय, सुख, दुख
मिलन, बिछोडको
हिसाब किताव राखेका छौं र?
अहॅ
आखिर यो त जिन्दगी हो
यहाॅं नाफा घाटाको कुरा नै छैन
यो त नदी बगे जस्तै आफ्नै गतिमा चलिरहेको छ
मात्रै हामीले
सतर्क भएर सावधानी अप्नाएर
अघि बढीरहनु पर्छ
नदी जस्तै गरेर
बन्द कोठा भित्र मात्र
निस्सासीएर बस्नुको कुनै मतलब नै छैन
यसमा बादविबाद पनि नगरौं
गर्नुको कुनै अर्थ नै छैन
आखिर यो जिन्दगी हो
हुने कुरालाई टार्ने कुनै उपाय नै छैन
जिन्दगीमा जे जस्तो आइ पर्छ
सबलाई सामना गर्नै पर्छ
लडेर हैन डटेर अघि बढ्नै पर्छ
आखिर यो जिन्दगी हो
त्यसैले यहि जिन्दगीमा
रमाउन जान्नु पर्छ
हाॅंस्दै रमाउॅंदै अघि बढ्नु पर्छ !
प्रतिक्रिया