महाकवी लक्ष्मी प्रसाद देवकोटाले भन्नु भए जस्तै “खोज्छन सुख भनि त्यो सुख कहाँ छ,आफू मिटाइ अरुलाई दिनु जहाँ छ”। यो सन्देश बडो सान्दर्भिक लाग्छ मलाई।
पक्कै पनि आफ्नो पेट भर्न मात्र पृथ्वीमा भने हामी आएका हैनौ। आफ्नो लागि त सबैले बाँचेका हुन्छन नै। हेरौं त ! ती सडकमा हिडेका पशु र उडिरहेका पन्छी हरुलाई ,ती पनि त खाइ रहेका छन् र बाँची रहेका छन्।
जति नै कमाई गरे पनि खाना त्यति नै खान्छ मान्छेको जत्रो पेट छ । लगाउछ त्यही ,जति शरिर छोपिन्छ । त्यस बाहेक के त ? लुगा फेरि रहेर अनि आफूले मात्र पेट भरेर मान्छे खुसि रहन्छ त ?
खुसि र सुखी त्यसलाई छ ,जसको आत्मा रमाएको हुन्छ। मलाई लाग्छ आत्मा त्यति खेर सन्तुष्ट हुन्छ जब इन्द्रिय पर पुगेर मन रमाएको हुन्छ । कसैलाई सहयोग गरौ गरौ लाग्छ।
यो आत्मा र त्यो आत्मामा जब फरक देख्दैन मान्छे निचउचको भेद राख्दैन । र ,जरुरत मन्दको लागि हात बढाउदछ्न । यो शरीर त जति नै जतन गरे पनि एकदिन त नष्ट हुन्छ नै ।
तर अलौकिक सुखको आनन्दको तुलना नै के संग हुन्छ र ? धेरै आत्मा तृप्तिको कामना गर्ने म सधै सोच्ने गर्छु जीबन जिउने कला मैले सिके । जब मेरा पाइला अरुका लागि अघि बढे,मेरा हात ति जरुरत मन्दका लागि उठे र मेरा आवाज ती कन्दरा बीच पुगे।
यही मन्त्रलाई आत्मासाथ गर्दै दिनचर्या बिताउदै म।
प्रतिक्रिया