रोमान्च र कैद

सुशील नेपाल २०७७ साउन २५ गते २३:१४ मा प्रकाशित

शान्तीसंग यो घमाईलो दिनमा,
सुस्ताई रहेको छ समुद्र,
आतुर छ आकास अंकमाल गर्न,
क्षतिजमा देख्छु गजवको चुम्वन,
आभाषको आनन्द,
कैदमा वसेको म ,
कल्पना गर्छु ,
अव वादलले सुस्तरी घुम्टो उघार्ने होला,
कुनै वेला मैले गरे झैं,
समागमको आतुरतामा समुद्र छटपटाउने होला ,
कता कताको असहजता वीच,
मिलनको आनंन्दले वातावरण रंगीन हुने होला,
कैदमा वसेको म,
रोग लाग्ने डरले,
चुपचाप हेर्छु,
रमाउंछु,
उठेर ऐना हेर्छु,
म म त्यो म होईन रहेछु,
समयको डन्डी समाएर,
पर क्षतिजमा आफूलाई खोज्छु,
कैदमा वसेको म,
जगाउन खोज्छु, उत्साह,
तर , आफै भित्र हराउंछु,
र हुन्छु केवल
रोमान्चित ।

– सुशील नेपाल

राजमित्र प्रांगण,
माल्डेन,
वोस्टन अमेरीका

सुशील नेपाल

लेखक /साहित्यकार

प्रतिक्रिया