” सबैको ह्र्दयमा खुशी छर्दै”

कमला प्रसाईं हाल न्यूयोर्क, अमेरिका २०७७ साउन ४ गते १७:३५ मा प्रकाशित

 

सबैको हृदयभित्र खुशी छर्दै
हिंड्दै जाऊँ थुप्रै -थुप्रै बाटाहरु
जति विघ्न बाधा- अड्चन आइपरे पनि
कहिल्यै नरोकिऊन ती तिम्रा पाइलाहरु ।

बढ बढ अगाडि बढ
म छु तिम्रो साथ साथमा  ।
दिदैं जाऊ आफ्नो पहिचान
गर सेवा सधैं जप राम नाम  ।
नसुस्ताऊ तिमी कहिल्यै
नहडबढाऊ तिमी कहिल्यैं ।।
छन तिमीभित्र मेरा आशाका दीपहरु
छन तिमीभित्र आत्मशक्तिका धुनहरु  ।

सधैं तिम्रो यात्रा सफल रहोस
कहिल्यै नलागोस ठेस कतै  ।
जोगाएर राख मनभित्र
हाम्रो धर्म र संस्कृति सधैं  ।
हिंड्दै जाऊँ थुप्रै -थुप्रै बाटाहरु
जति विघ्न बाधा- अड्चन आइपरे पनि
कहिल्यै नरोकिऊन ती तिम्रा पाइलाहरु  ।

बढ बढ अगाडि बढ
म छु तिम्रो साथ साथमा   ।
दिदैं जाऊ आफ्नो पहिचान
गर सेवा सधैं जप राम नाम  ।
नसुस्ताऊ तिमी कहिल्यै
नहडबढाऊ तिमी कहिल्यैं
आउँदै जाँदै गर्छन यहाँ
कति खाडल र खाल्टाहरु
जस्तै विघ्नबाधा अड्चन आइपरे पनि
कहिल्यै नरोकिऊन ती तिम्रा पाइलाहरु ।

तिम्रा ती पाइलाहरुमा
शकुनिहरु पनि घुस्न खोज्नेछन  ।
राजनीति र कुटनितिको संसारभित्र
जालोले पनि छेक्न कोशिश गर्नेछन्
तरपनि
आउँदै जाँदै गर्छ्न
यहाँ बाटोमा कति शकुनि र मन्थराहरु
जस्तै विघ्न, बाधा अड्चन आइपरे पनि
कहिल्यै नरोकिऊन ती तिम्रा पाइलाहरु।
कहिल्यै नरोकिउन ती तिम्रा पाईलाहरु।।

-कमला प्रसाईं हाल न्यूयोर्क, अमेरिका

प्रतिक्रिया