मेरा जोश, जागँर र रहरहरू बिक्रीमा छन्
मेरा आँखा, कान र मुख सबै बिक्रीमा छन्
छौ कोही किनेर मेरा खुट्टाहरूले हिड्न चाहनेहरू ?
आऊ यी पनि बिक्रीमा छन्
सबै सोकेसमा सजिएको सामानझैं बिक्रीमा छन् ।।
मेरा योजना, प्रतिबद्धता र दृढताहरू बिक्रीमा छन्
मेरा कलम,शब्द र भावनाहरू सबै बिक्रीमा छन्
छौ कोही किनेर मेरा उमंगहरूले रमाउन चाहनेहरू
आऊ यी पनि बिक्रीमा छन्
सबै सोकेसमा सजिएको सामानझैं बिक्रीमा छन् ।।
मेरा विवेक, चाहना र देष्टिकोणहरू सबै बिक्रीमा छन्
मेरा सिर्जना, दर्शन र इतिहासहरू सबै बिक्रीमा छन्
छौ कोही किनेर मेरो सपनाहरूले रमाउन चाहनेहरू
आउ यी पनि बिक्रीमा छन्
सबै सोकेसमा सजिएको सामानझै बिक्रीमा छन् ।।
मेरा आत्मा, चिन्ता र श्रद्धाहरू बिक्रीमा छन
मेरा मोह, त्याग र बलिदानहरू सबै बिक्रीमा छन
छौ कोही किनेर मेरा सयौ मृत्युहरूमा रमाउनेहरू ?
आउ यी पनि बिक्रीमा छन्
सबै सोकेसमा सजिएको सामानझैं बिक्रीमा छन् ।।
मेरा आत्मा, चिन्ता र श्रद्धाहरू बिक्रीमा छन्
मेरा मोह, त्याग र बलिदानहरू सबै बिक्रीमा छन्
छौ कोही किनेर मेरा सयौं मृत्युहरूमा रमाउनेहरू ?
आउ यी पनि बिक्रीमा छन्
सबै सोकेसमा सजिएका सामानझैं बिक्रीमा छन् ।।
—राधेश्याम लेकाली
प्रतिक्रिया