प्रदेश सरकार– भानुजयन्ती एक दर्जनबढी श्रष्टा सम्मानित

मनोज दाहाल २०७७ असार २९ गते २२:३२ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर, २९ असार । प्रदेश नं. १ को सरकारले आदिकवि भानुभक्तको २०७ औं जन्मजयन्तीका अवसरमा एक दर्जनबढी श्रष्टाहरुलाई आज यहाँ सम्मानित गरेको छ।

सामाजिक विकास मन्त्रालयको आयोजनामा बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट एक जना र भाषा साहित्य कला सम्मानबाट १२ जना श्रष्टा सम्मानित हुनुभएको छ।

बालकृष्ण भाष साहित्य कला सम्मानबाट इलामका श्रष्टा डा. नलवकिशोर राईलाई रु एक लाख राशी एवं सम्मानपत्रद्वारा सम्मानित गरिएको छ । उहाँले सम्मान वापत प्राप्त गर्नु भएको राशी मध्ये रु ५० हजार आरोहण गुरुकुल र ५० हजार कोभिड–१९ उपचार कोषलाई हस्तान्तरण गर्नुभयो।

यसैगरी भाषा साहित्य कला सम्मानबाट १२ जना श्रष्टा सम्मानित हुनु भएको छ । ललितकला तर्फ अनुराधा थापा–मोरङ, साहित्य तर्फ उमानाथ घिमिरे‘सागर’–धनकुटा, कविराज पोखरेल–मोरङ, मुनाराज शेर्मा–झापा, पञ्चकुमारी परियार–खोटाङ, प्रेम ओझा–पाँचथर, शिवनारायण पण्डित‘सिंगल’–सुनसरी, साहित्य र कला तर्फ डीवी किराँती–सोलु, रंगकला तर्फ कविता नेपाल–झापा, चलचित्रकर्मी तर्फ केशव रायमाझी–मोरङ, नृत्यकला तर्फ मायाँ पौडेल–मोरङ, गित÷संगीत तर्फ वीरध्वज शिवा–मोरङ सम्मानित हुनु भएको छ। प्रदेश नं नं का मुख्यमन्त्री शेरधन राई , सामाजिक विकासमन्त्री जीवन घिमिरे , राज्यमन्त्री जयमाया गजमेर र श्रष्टा मूल्याङ्कन सिफारिस कार्यदलका संयोजक प्राज्ञ खेम नेपालीले सम्मानित गर्नुभएको थियो।

उहाँहरुलाई जनही रु ५०–५० हजार ,दोसल्ला र प्रमाणपत्र प्रदान गरिएको छ । सामाजिक विकास मन्त्रालयले भाषा, साहित्य कला क्षेत्रमा विशिष्ट योगदान पु¥याउने श्रष्टाहरुलाई गतवर्ष देखि सम्मान शुरु गरेको हो ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया