फर्केर जाउ कोरोना

सुरेन्द्र नापित कालिमाटी, काठमाण्डौं हालः बोष्टन, अमेरिका २०७७ असार २१ गते २२:४३ मा प्रकाशित

 

विश्वलाई एकै पटक बसमा पार्‍यौ
घमण्ड गर्नेको घमण्ड तोड्‌यौ,
कारागार विना घरमै कब्जा गर्‍यौ
चिडियाखानाको पशुपन्छि झैं बनायौ।

न भिषा न पासपोर्ट, विश्व नै घुम्यौ
न काला न गोरा, न धनी न गरीब
विश्वका सबै मानब जातीलाई
मिलेर एक हुन सिकायौ।

विकसित राष्ट्रहरुलाई पनि
आच्छु आच्छु पार्‍यौ,
कहिल्यै नसुत्ने शहरलाई
कुम्भकर्ण झैं सुताई दियौ।

धरती मातालाई आराम गर्न दियौ
हामीलाई स्वच्छ सास फेर्न दियौ,
आकासले धर्तीमा नियाल्न सजिलो बनायौ
हिमालको अनुहार देख्न सक्ने बनायौ।

हातहतियार, क्षेप्यास्त्रले केहि गर्न नमिल्दा
बनाउनेलाई होच्यायौ
मानवलाई नै नाश गर्ने ती हतियार हैन
अस्पताल बनाउ भनेर सुझायौ।

तर, तर अब तिमीले सिकाए झैं
प्रकृतिलाई अन्याय गर्दैनौं,
हामी सबै एक आपसमा मिलेर
एक अर्काको दुःखमा हातेमालो गर्छौं।

त्यसैले,
हामीलाई दुःख दिन छोड
हाम्रो दाजुभाई, दिदीबहिनीलाई लान छोड
अब हामीबाट टाढा जाउ कोरोना
कहिल्यै नफर्कने गरि जाउ।

सुरेन्द्र नापित
कालिमाटी, काठमाण्डौं
हालः बोष्टन, अमेरिका

प्रतिक्रिया