मनोज दाहाल,
विराटनगर,२१ असार।प्रदेश नं. १ मा आज पाँच जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ।
यसरी सङ्क्रमण देखिनेहरुमा मोरङका दुई, झापाका दुई र पाँचथरका एक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मोरङको बेलबारी र मिक्लाजुङमा एक÷एक जना, झापाको दमकमा एक महिला सहित दुई जना र पाँचथरको फिदिममा एक जनामा सङक्रमण देखिएको छ।
प्रदेशमा कोभिड–१९ सङ्क्रमितहरुको सङख्या ६७० पुगेको छ ।
पत्रकार
प्रतिक्रिया