संजय श्रीपालको आवाजमा “घर बिगारा २ ” (भिडियो सहित)

इनेप्लिज २०७७ असार १९ गते १३:०१ मा प्रकाशित

काठमान्डौ – बिस्व अहिले कोरोना भाइरसको महामारीमा फसेको छ । यो अवस्थामा पिंडा सबैलाई भएता पनि आफ्नो देशको चिन्ता अलि बढी सबैलाई हुने गर्दछ । हाम्रो देश नेपाल, जहाँ गरिबीको कारणले धेरै नेपालीहरु ? प्रदेशिन बाध्य बनेका छन् । राज्यले बेरोजगारी समस्याको समाधान गर्नुको सट्टा अहिलेको सक्रमणको घडीमा बाध्यता बस परदेशिएका नेपालीहरुलाई उद्धार गर्न समेत नसकिरहेको गुनासा ? सुन्न सकिन्छ ।

यी र यस्तै परिस्थितिलाई केन्दित गर्दै नेपाली गीत संगीतको क्षेत्रमा बेला बखत बिभिन्न गीतहरु  आइरहेका हुन्छन् । सोहि क्रममा भर्खरै मात्र असंख्य श्रोता तथा दर्शकहको रोजाईमा आधारित रहेर समाजको बास्तविक जिवन भोगाईलाई आधार बनाइएको घर बिगारा गीतको भिडियो डिजिटल बजारमा सार्वजनिकभएको छ । गायक संजय श्रीपालको आवाजमा रहेको गीत बजारमा आए सगै चर्चाको शिखरमा रहेको छ । विदेशमा धन कमाउनको लागी गएको श्रीमान लाई श्रीमतीले घात गर्दाको पिडालाई गीतमा समेटिएको छ । संजय श्रीपालको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । रामु विरहीको छायाँकन तथा मनोज कार्कीको सम्पादन र संजय श्रीपालीको निर्देशन भिडियोमा रहेको छ । “घर बिगारा २ ” गीत विशुद्ध ?  संजय श्रीपाल, कुशल सुनार , पुष्पा रसाइली , प्रेम सिंह र चम्पा देवीको अभिनय गीतमा रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

https://www.youtube.com/watch?v=sfZdwRv488o&feature=emb_logo

प्रतिक्रिया