भूगोलको त्यो भागवाट यो भागसम्म ,
तिमी ऊडेको भन्छ्यौ,
म त मस्तिकमा यात्राका अनेकौं पाईला वनाऊदै आएको हुं ।
जस्लाई तिमी ऊडेको भन्छौ,
ए मान्छे, त्यो त मेरो शरीर थियो,!
म त सगरमाथाको ऊच्च ललाटमा परेको घामको प्रतिछांयाको चित्र,
मस्तिकमै बनाउंदै आएको हूं,
ऊता पछाडि छुटेका मेरो सगरमाथा,
मैले मेरा देशका सेवकहरूलाई जिम्मा लगाएर आएको हू,
यता सुन्दै छु,
सवथोक सुरक्षित होला भन्ने आशाका शिशुहरू,
भोकले वौलाएका छन रे,
चूकूल कसेको छैन घरको ढुकुटीमा,
राक्षसहरू यही हो मौका भन्दाहुन,
भागवन्डामा राक्षसहरू कुटाकुट हानाहान गर्दा हुन,
मैले यात्रामा आफूले छाडेका डोवहरू अझै मेटेको छैन,
सगरमाथालाई मुस्कुराऊन न छाड भन्नु ।
आफ्नो तुजुक, आडम्वर, लोभ र मोहलाई यतै पातालमा गाडेर,
भनि देऊ वेस्सरी चिच्याएर,
छोरो जिऊदै छ,
मरेको छैन भनेर !
राजमित्र प्रांगण
माल्डेन,वोस्टन
लेखक /साहित्यकार
प्रतिक्रिया