हेनुहोस फिल्म गर्दा साम्राज्ञीले भोगेको पिडा ! यस्तो भन्दै लाइभमा आइन !!

इनेप्लिज २०७७ असार १२ गते २१:५६ मा प्रकाशित

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूले अहिलेसम्म ८ वटा चलचित्रमा काम गरेको र यसमध्ये ३ वटा चलचित्रमा निकै नै नराम्रो व्यवहार भोगेको बताएकी छन् । उनले आफूले सबै कुरा भन्न नसक्ने पनि बताएकी छन् ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा भिडियो मार्फत आफ्नो मनको कुरा सेयर गर्दै साम्राज्ञीले भनिन्–‘मैले १७ वर्षको उमेरमा नै चलचित्र क्षेत्रमा डेब्यु गरेँ । त्यतिबेला चलचित्र क्षेत्र सानो भएकाले सबै कुरा बाहिर ल्याउनु हुँदैन भनेर मलाई भन्नुहुन्थ्यो । हरेक चलचित्रको प्रमोसनमा पुग्दा मलाई किन घमण्डी हुनुहुन्छ भनेर प्रश्न सोधिन्थ्यो । यसले मलाई दिक्क बनाउथ्यो ।’ साम्राज्ञीले सो समयमा नै आफ्ना धेरै ट्रोलहरू बनेको पनि बताएकी छन् ।

साम्राज्ञीले काम गरेका प्राय ब्यानरमा उनी दोहोरिएकी छैनन् । यस विषयमा ‘ड्रिम्स’ डेब्यु नायिका भन्छिन्–‘म नदोहोरिनुको कारण उहाँहरूले मलाई गर्ने व्यवहार नै हो । एउटा कलाकारले पाउनुपर्ने सम्मान पनि पाइँदैन यहाँ । कैयौं पटक ह्यारेसमेन्ट भएको छ । तर यी सबै कुरालाई सामान्य जस्तो सोचेर अनुहारमा खुसी देखाएर काम गर्नुपर्थ्यो ।’

https://www.youtube.com/watch?v=oXzg3jo93aE&feature=emb_logo

प्रतिक्रिया