आँपको बोट

डिग बहादुर तामाङ्ग २०७७ जेठ २९ गते २२:३३ मा प्रकाशित

सबैले भन्ने गरेका छन दशा र दुर्घटना बाजा  बजाएर आउदैन । यसपाली मेरो जीवनमा पनि त्यस्तै घटना घट्यो।मैले आँपको एउटा बोट २०३५ सालदेखि रोपेर राखेको थिए ,फलहरु नै खाए पनि त्यो आँपको बोटको छहारीमा बस्दा मेरो मन आनन्द हुन्थ्यो । म खूसीले मोहित हुन्थेँ, मल पानी दिइ राखेको थिए  ।आँपको बोट बिरुवाबाट हुर्किदै गयो २०६३ सालदेखि फल फल्न थाल्यो ।

पूर्वपट्टिको हाँगामा मालदा आँप फल्न थाल्यो पश्चिम पट्टिको हाँगामा सुरापी आँप फल्न थाल्यो । उत्तर तिरका हाँगामा खाली कोया मात्रै भएको आँप फल्न थाल्यो । दक्षिणतिरको हाँगामा मनभोग आँप फल्न थाल्यो । यसरी आँप फल्दै गए, खानेहरु खाँदै गए, आँम्चुराको सयममा थुप्रै रंगिबीरंगी चरा र भमराहरु आए आँम्चुराको अमृत जस्तै रस चूसेर उडेर कोहि प्रशान्त महासागरलाई पार गरेर अमेरिका छिरे कोहि संयुक्त राष्ट्र्संघ भित्र छिरे कोहि हिन्द महासागर पार गरेर जापान छिरे कोहि दक्षिण कोरिया तिर छिरे ।

मैले रोपेको आँपको बोट मुनि धेरै थरिका अमरपालीहरु आएर डम्फु बजाएर नृत्य प्रस्तुत गरे । कसैले सेलो गाए कसैले भाषण छाटे,कसैले साहित्यमा कबिताहरु बाचन गरे ।धेरै थरिका भिक्षुहरु आएर, भन्न थाले “म जत्तिको जान्ने कोहि छैन यस लोकमा भन्न थाले” म सबैको कुराहरु सुन्दै गए अरुले मेरो आँपको बोटको स्वाद लिई रहेको रमिताहरु हेर्दै गएको थिए । मेरो आँपको बोटको हाँगाहरु भाँचेर टुडिखेलमा बर्षको एक पटक सारा गाँउलेहरु भेला भएर आँपको बोटको गुणगान गाउन थाले । म भित्रीअन्तरआत्माले भन्थे  यो रुख कस्तो महान छ, सबैलाई आफुले घामपानी सहेर अरुलाई अमृत तुल्य फल ख्वाएर आफनो रुखको छहारीले शीतल दिएर, सबैलाई आत्म सन्तुष्टि पारि राखेको छ आह कस्तो तटस्थता अपनाएको होलान, कसरी सबैलाई खुशि पार्न सकेको होला भनेर आफैले रोपेको बिरुवाको आफै तारिफ गरेर बसेको हुन्थे ।

मैले गाँउभरीका भुरा भुरीहरुलाई आँपको बोटमा कसरी चड्ने , कसरी फल झार्ने र खाने विद्या पनि सिकाएको थिए। उनिहरु बाँदरको बच्चाहरु झै रुखको डालि डालीमा चढेर खेल्थे, आँप पाकेको समयमा आँपका दानाहरु रुखैमा बसेर चुस्थे कोया र बोक्रोले मलाई हान्थे , तैपनि म उनिहरुको कृयाकलापलाई हेरेर आनन्धित महसुस गरेर रोमान्चित भएर रमाएको नै थिए । नानीहरुको चकचके बानीलाई सहेर बस्थे ।

यस्तो नाथे आँपको रुख भनेर ब्यंग्य हान्थे  कोहि नाथे त्यो बुढाले रोपेको आँपको बोट बाट अब फल फल्दैन, हामीहरु अर्कै रुख रोपेर त्यस्को भन्दा दोव्वर फल्ने रुख रोपिएन भने मेरो नाम पनि फलानो होइन बुजिस भनेर मेरै अगाडि सुनाउथ्यो । तैपनि म सालिन्द भएर सहेर बसेकै थिए । आँपको बोटमा मलपानी गरि राखेकै थिए । हिँउदको तुसारोले पतझर भए पनि चैत्र महिना आम्चुरा आउछन अषाढ महिनामा त अवश्य फलको दानाहरुले सबैजनालाई तृप्त पार्न सकिन्छ भनेर मलपानी लगाइ रहेको बेला मैलै नै आँपको बोटमा चढन र फललाई कसरी बटुलेर अरु सबैलाई ख्वाउने भनेर सिकाएको एउटा भुरा रुखमा चडेर आज तलाई यहि हाँगा भाँचेर हानेर मार्छु भनेर रुखमा चड्यो, धेरै भुराभुरीहरु आ आफनो कृडामा व्यस्त थिए, मलाई लागेको थियो कतै यो उताउलो भुराले साचिकै आँपको हागा भाचेर मलाई हान्ने त होइन ? त्यो भुरा त एक्कासी आँपको रुखको टुप्पोमा पुगर हागाले मलाई प्रहार गर्न थाल्यो  तर भाग्यबस त्यो हागा मेरो शीरमा परेको भए म उत्तिनै खेर परमधाम हुन्थे होला, मेरो छातिमा परेकोले मेरो चित्त मात्रै भाच्यो शरिर जस्ताकोत्यस्तै छ । त्यसैले एउटा गायकले गीतको बोल बनाएर गाएको थियो “ आगो ताप्नु मुँढाको कुरा सुन्नु बुढाको” भनेको रहेछ नि ।

-डिग बहादुर तामाङ्ग

मिती फरवरी ९, तारिख २०२० दिन ।

प्रतिक्रिया