मनोज दाहाल,
विराटनगर,८ जेठ।विराटनगर महानगरपालिकामा आफ्नै बाबुको हत्या गरेको आरोपमा दुई छोराहरुलाई आज प्रहरीले प्रक्राउ गरी सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङमा आज आयोजित पत्रकार सम्मेलनमा विराटनगर–१४ झटियाईका ५५ वर्षीय सत्यराम चौहानको हत्या दुई छोराहरुले गरी शव घर भित्रै पुरेको जनाएको छ।
बुबाको हत्यामा जेठो छोरो २९ वर्षीय रोहित र माइलो २६ वर्षीय नागेन्द्र चौहानको संग्लनता रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारीले बताउन भयो।दुई दाजु–भाई मिलेर बाबुको गत शनिवार राति हत्या गरेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिनु भयो।
दुई छोराहरु मिलेर फरुवाले हानेर बाबुको हत्या गरेपछि घर भित्रै खाल्डो खनेर शव तन्नाले बेरेर पुरेको प्रहरीले जनाएको छ।
माइली वुहारीले ससुरा विगत तीन दिनदेखि सम्पर्क नभएको जानकारी प्रहरीलाई दिएपछि वुधवार साँझ उत्खनन् गरेर शव बरामद पछि पोस्टमार्टमका लागि कोसी अस्पताल पठाइएको थियो।
सत्यरामका तीन छोरा मध्ये जेठो छोरो रोहितसँग बाबुसँगैआफ्नै घरमा बस्थे भने माइलो छोरा नागेन्द्र श्रीमती सहित विराटनगर–१५ मा डेरामा बस्थे । कान्छोे छोरा सोमकुमार भने विगत तीन वर्षदेखि वेपत्ता रहेका छन्। ज्याला मजदुरी गर्ने जेठो छोरा रोहितसँग पैसा माग्दा नभएको बताएपछि बाबुले घरबाट निकालिदिने चेतावनी दिएपछि छोरा बीचमा विवादमा हत्या भएको प्रहरीको भनाइ रहेको छ।
बाबुसँग विवाद बढ्दै गएपछि रोहितले नजिकै रहेको फरुवाले सुरुमा बुवाको टाउकोमा प्रहार गरेका र त्यसपछि दुवै दाजुभाई मिलेर सत्यरामको हत्या गरेको प्रहरीले जनाएको छ।
बुवाको शव बाहिर निकालेमा घटनाका बारेमा गाउँलेले थाहा पाउने भएपछि आफूहरुले घर भित्रै पुरेको उनीहरुले प्रहरीलाई बताएका छन्। बाबुको हत्या आरोपमा दुई दाजु भाईलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शरु गरिएको प्रवक्ता राईले बताउनु भयो।
उनीहरु विरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।।
पत्रकार
प्रतिक्रिया