पोखरा । गायक तथा संगीतकार जयकुमार परियारको नयाँ राष्ट्रिबादी गीत हामी देश बासीको म्यूजिक भिडियो भर्खरै युट्यवमा रिलिज भएको छ ।
समसामयिक यर्थाथबादी मौलिक गीति लेखनमा खप्पिस परियारको यो गीतमा कोरोना महामारी पछि मानिसमा देखिएको डर र पलाएको आशा मात्रै छैन् वर्तमान समयको सजिव चित्रण छ । कोरोनाको समयमा लेखिएको समसमायिक गीत भए पनि परियारको हामी देश बासी एउटा राष्ट्रिय भावनाले ओतप्रोत गीत हो ।
कल्ले लाने हो , दरौँ सिरबारी लागाएतका सयौँ गीत लेखेर आफूलाई अव्वल गीतकार सावित गरेका परियार कुसल कोरियोग्राफर समेत हुन । हामी देश बासी सबै एक हुनुछ गीतमा परियार स्वयंमको सिर्जना, स्वर र जादुमय संगीत छ ।
जय म्यूजिकको प्रस्तुतिमा रहेको हामी देश बासी सबै एक हुनुछ गीत राजेश बिष्ट क्षेत्रीले एरेन्ज गरेका हुन् ।सुशिल नेपालीको निर्देशक गरेको म्युजिक भिडियोको काटछाँट भने महेन्द्र पराजुरीले गरेका छन्।
हेरौँ म्यजिक भिडियो
https://www.youtube.com/watch?time_continue=1&v=uxbrIJfVR0Q&feature=emb_logo
प्रतिक्रिया