बेचिदैछ पुर्खाको रगत

मुकुन्द कोइराला (ठुटे कवि ) २०७७ वैशाख २८ गते ३:५१ मा प्रकाशित

युवा हरुलाई खाडीमा बेचे
बोल्ने हरुलाई जेल् मा कोचे !!

आफुले हसुर्न नपाउदा मुर्दाबाद् भने
हसुर्न पाउदा जिन्दाबाद् भने
हिजो सलाम् भन्न् सिकाए
आज आफ्नै मलामी हिंड्न सिकाए !!

कहिले लाउडा झिकाए
कहिले वाइड् बडि झिकाए
गरीबका झुपडि भत्काएर र
रगतका आहाल् बनाए !!

जल् जलाका बगर भिजाए
गाउका किसान् हरु देखाए
सामन्तिको बिल्ला भिडाए
हात् काटे खुट्टा काटे
जिउ जंगलमा
र टाउको खोलामा बगाए !!

धन् लुटे सम्पत्ति लुटे
नदीने हरुलाई आगनमा बाधेर कुटे
दिदी मरे बहिनी मरे
कसैका घर लुटे
कसैका आफन्त छुटे
आखिर उठे
फटाहा हरु जुटे !!

अन्तिम् लक्ष्य थियो
चुनाब् मा उठे
माला लगाए प्याला भाग लगाए
तास् भाग लगाए
कसैलाई सुस्ता पर्‍यो
कसैलाई लिपुलेक् पर्‍यो
आखिर अरबौ भाग् लगाए
बाम एकताको अलख् ध्वनी जगाए
गुरु मुन् को मुत्र सिन्चन गरे
कार्ल् मार्क्स् को फेरी लगाए !!
लेनिनको भस्म जगाए !!

आफ्ना लाई बिदेश् पठाए
बलत्कारि लाई फुल् चढाए
हत्यारा लाई सांसद छिराए
छिमेकी रिझाए
आफ्ना घुर्यान र करेसा
बिदेश् मा बिराए
आमा !!😢
यि कुलङार हरुको तान्डब हेर्न
बिबस् छु म
आसुले चोलि भिजाए
हेर्दा हेर्दै आँखा अगाडि
घर बन्दकी राखे र
अस्मिता तमसुक् मा बुझाए !!
आमा !!
मैले हेरेरै चित्त बुझाए

-मुकुन्द कोइराला (ठुटे कवि )

प्रतिक्रिया